Edukhabar
मंगलबार, ११ मंसिर २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिका १९ : गुणात्मक अनुसन्धानको पाँचौ बिधि

बुधबार, ०९ भदौ २०७२
डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यस अघिका सम्पूर्ण भाग सहित यसपटक १८ औं भाग : - See more at: http://www.edukhabar.com/index.php/2014-10-24-08-19-07/2249-2015-08-21-04-31-45#sthash.cWxEnJzO.dpuf

- डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा। मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यस अघिका सम्पूर्ण भाग सहित यसपटक १९ औं भाग :

Lesson 19: Narrative Inquiry

गुणात्मक अनुसन्धानका बिधि छलफल गर्ने क्रममा हामीले यस भन्दा अगि चारवटा विधिको बारेमा कुरा गर्यौं/ आज पाँचौ बिधि Narrative Inquiry का बारेमा संक्षिप्त परिचय/

मान्छेका आ-आफ्नै कथा हुन्छन/ उसका बिगत नै उसका कथा हुन्/ आफु र आफ्नो वरिपरिका अरु मान्छे र परिवेशमा आधारित अनुभवहरुनै उसका कथाका आधार हुन्/ ती कथाहरुलाई अर्थपूर्ण तवरले अगाडि ल्याउने प्रक्रियामा Narrative Inquiry ले राम्रो भूमिका खेल्न सक्छ/ त्यसैले यो बिधि नितान्त अनुभवका विश्लेषणमा आधारित हुन्छ/ अब प्रश्न उठ्न सक्छ कस्तो अनुभव? अनुसन्धानमा कुनै खास परिस्थिति वा परिवेशलाई आधार बनाउनु पर्ने हुन्छ त्यो भनेको phenomenon हो/ तपाइंले व्यक्तिका कुन परिवेशको अनुभवमा आधारित कथाहरुलाई अनुसन्धान गर्न लाग्नु भएको हो भन्ने कुरा प्रष्ट हुनु जरुरी छ/

Narrative Inquiry विधिमा अनुसन्धानकर्ताले तीनवटा साझा सवाललाई ध्यानमा राख्नु पर्ने हुन्छ जसले उसको अवधारणात्मक प्रारूप (Conceptual framework) तयार पार्नमा सहयोग गर्दछ/ पहिलो हो Temporality अर्थात् अस्थायित्व/ हाम्रा अनुभवहरु क्रमस: परिवर्तन हुँदै जान्छन र ती कुरा हाम्रो परिवेशमा रहेका अरु मान्छे, स्थान र अन्य घटनाले फरक गर्दछ/ मान्छेको अनुभव मूलत: समय सापेक्षित हुन्छ र त्यसैभित्र उसका कथा र व्यथाका सही बिजारोपण हुन्छ भन्ने कुरा Narrative Inquiry को दार्शनिक आधार हो/

दोस्रो सवाल हो Socialty को/ Narrative Inquiry बिधि अवलम्बन गर्ने अनुसन्धानकर्ताले आफ्नो सूचनादाता (sample/informant) को भावना, चाहना, इच्छा, आकांक्षा जस्ता वैयक्तिक सूचना त संकलन गर्नु पर्दछ नै तर उसको सांस्कृतिक, सामाजिक, भाषिक, र संस्थागत जस्ता सामाजिक परिवेशलाई पनि भुल्नु हुँदैन/ यिनै सामाजिक परिवेशमा नै उसका कथाहरु देख्न, बुझ्न र अर्थपूर्ण तरिकाले अनुभव गर्न सकिन्छन/

तेस्रो सवाल हो Place अर्थात् स्थान/ कुनै पनि घटनाको मूल अंस त्यो कुन स्थानमा घटेको हो भन्ने कुरा संग बढी सरोकार राख्दछ/ तपाइंले जसको कथामा आधारित अनुसन्धान गर्दै हुनुहुन्छ उसको अनुभव कुन र कस्तो भौतिक वातावरणबाट निर्देशित रहेछ भन्ने कुरा न खुट्याउने हो भने तपाईंको अनुसन्धान अधुरो रहन्छ/

Narrative Inquiry कथा बाटै सुरु हुन्छ, एउटा यस्तो कथा जुन तपाईं उनीहरुसंगको सामिप्यता, छलफल, अन्तरक्रिया, अन्तर्वार्ता जस्ता माध्यमबाट जस्ताको तस्तै निकाल्न प्रयास गर्नु हुन्छ/ एउटा यस्तो कथा जुन उनीहरुको जीवन र जिउनु संग गासिएको हुन्छ/ त्यसैले Narrative Inquiry को अन्तिम लक्ष भनेको कसैको कथालाई जीवन र जिउने पद्धति संग गांसेर हेर्नु र बिश्लेषण गर्नु हो/

तपाईंको अनुसन्धान “Gendering Technology in Higher Education: A Narrative Inquiry of Students of On-line Distance Education in Nepal” भन्ने शिर्षकमा छ भने तपाइंले त्यस्ता उच्च शैक्षिक संस्थामा अध्ययन गर्ने (अझ त्यस्तो अनुभव गरिसकेका) बिद्यार्थी छान्नु हुन्छ/ उनिहरुसंग बसेर बिगत र वर्तमानका अनुभवलाइ संकलन गर्नु हुन्छ प्रत्येकले भोगेको जीवनको कथाको रूपमा/ यस्तो कथा सही रूपमा आवोस भन्नका लागि तपाईं पहिलेनै कसरी अगाडि बढ्ने, के के कुरा सोध्ने, वैयक्तिक र सामाजिक परिवेस कसरी छुट्टयाउने, अनुभवका समय लाइ कसरी वर्गीकृत गर्ने जस्ता कुरामा आधारित भएर छलफल र अन्तर्वार्ताको लागि Triggers बनाउनु हुन्छ/ तपाईंको अनुसन्धानका लागि तपाइंलाई चाहिने सूचानाको आधारमा नै तपाईं त्यस्ता Triggers तयार पार्नु हुन्छ जुन तपाईंको Research Question संग प्रत्यक्ष सरोकार राख्दछन/

माथि उल्लेख भएको अनुसन्धान शिर्षकको लागि कम्तिमा पनि तपाइंले सूचना प्रविधिमा लैंगिक पहुँच, सूचना प्रविधिको उपयोगमा लैंगिक विभेद, उच्च शिक्षामा लैंगिक समानता, अन-लाइन र दूर शिक्षामा लैंगिक सहभागिता, अध्ययन पूरा गर्न गरिने संघर्षमा लैंगिक परिवेश, त्यसलाई असर पार्ने वैयक्तिक र सामाजिक आधारहरु, समयका हिसाबले परिस्थितिजन्य अवस्थाहरु, समय को transition, जस्ता सूचना आफ्ना सूचनादाता संग उनिहरुले भोगेका कथाका रुपमा लिनु पर्दछ/ अनि ति कथाहरुलाई उनीहरुको मौलिक भनाई उल्लेख गर्दै Literature र Theory को सहायताले अर्थपूर्ण विश्लेषण गरी थेसिस लेख्नु हुन्छ/

यो विधिको प्रयोग गर्ने अनुसन्धानकर्ताले सोही परिप्रेक्षमा आफ्नो अनुभव समेत देखाउनु पर्ने हुन्छ जसलाई personal justification भनिन्छ/ यस्तो विधिमा थेसिस लेख्दा ठाउँ ठाउँमा कथाका जटीलतालाइ अर्थपूर्ण बनाउन तस्बीर, कविता, word images, metaphor जस्ता सशक्त माध्यम प्रयोग गर्दा तपाइंले अगाडि ल्याउन खोज्नु भएका कथाहरु बढी जीवन्त हुन पुग्छन/

प्रतिक्रिया