काठमाडौं २० माघ/अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति २०५५ ले केशरमहलस्थित नेपाल शिक्षक महासंघ कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन थालेको छ ।
अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउने माग सम्बोधनमा महासंघले चासो नदिएको भन्दै समितिले बुधबारबाट अनशन सुरु गरेको हो । अनशनमा समिति महासचिव महादेव भट्ट र केन्द्रीय सदस्य दानबहादुर थापा मगरले भाग लिएका छन् । अनशन आरम्भ गर्नुअघि समितिले महासंघ अध्यक्ष केशव निरौलालाई भेटी ध्यानाकर्षणपत्र बुझाएको थियो ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया