काठमाडौं १८ माघ/प्रारम्भिक बाल केन्द्रलाई शिक्षा मन्त्रालयले सहयोगी कार्यकर्ताको दरबन्दी क्रमशः उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयले सहयोगी कार्यकर्ताको दरबन्दी स्थानीय तहबाट मिलाउनुपर्ने सहमति दिएको थियो तर शिक्षा मन्त्रालयले त्यस्तो गर्नु शिक्षा ऐनविपरीत हुने भन्दै दरबन्दी उपलब्ध गराउने गरी नियमावली संसोधनका लागि कानून मन्त्रालयमा पठाएको छ ।
अहिले शिक्षा नियमावली संसोधन हुने प्रक्रियामा छ । शिक्षा मत्रालयका प्रवक्ता डा. हरि लम्सालले ऐनको प्रावधानबमोजिम अर्थ मन्त्रालयको रायय सहमतिअनुरु कानून मन्त्रालयमा सहमतिका लागि शिक्षा नियमावलीको मस्यौदा पठाएको बताए । देशभर ३८ हजार सहयोगी कार्यकर्ता कार्यरत छन् ।
यसैबीच सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले सोमबार आयोजना गरेको प्रारम्भिक बालविकासका लागि अन्तरमन्त्रालयसम्बन्धी गोष्ठीमा बोल्दै शिक्षामन्त्री धनीराम पौडेलले इसिडी सञ्चालन अनुमति प्रदान गर्ने शिक्षा निकायबीच समन्वय जरुरी भएको बताएका छन् ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया