काठमाडौं १५ माघ/ सिराहाका जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्ण शैक्षिक सुधारका नाममा सुगम स्थाननका माध्यमिक विद्यालयमा निरीक्षण गर्ने सामाजिक सञ्जालमापर्ःत् आफ्नो सक्रियता दर्शाउँछन् । तर ग्रामीण क्षेत्रको साना विद्यालयको अवस्था जर्जर भएको उनलाई थोरै थाहा छ ।
त्यसतै जर्जर अवस्थामा रहेका विद्यालयमध्ये एक हो, सिराहाको कल्याणपुर जब्दी १ प्रल्विास्थित जनता आधारभूत प्रावि । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा एक कार्यालय कक्षसहित ६ कोठासहितको तीनवटा भवन छन् तर शिक्षक अभावमा विद्यालयले विद्यार्थीलाई चौरमा एक ठाउँमा राखेर अध्यापन गराउन बाध्य छ ।
जाडो याममा चिसो चौरमा तथा पानी पर्दा र गर्मी याममा एउटा कोठामा दुईवटा कक्षाका विद्यार्थी राखी विद्यालयले त्यहाँ पठनपाठन गराउँदै आएका छ् । विद्यालयमा कक्षा १मा ८७, २ मा ३१, ३ मा २१, ४ मा २० र ५ मा १५ विद्यार्थी छन् ।
ती विद्यार्थीका लागि दरबन्दीमा प्रअ रमविलास यादव र राहत कोटाामा शिक्षक पवनकुमार यादव र कार्यालय सहयोगी रामशरण यादव कार्यरत छन् । विद्यालयमा अति सीमान्तकृत बातर, मोची समुदायका ७१ विद्यार्थी अध्ययनरत छन् ।
शिक्षक अभावका कारण कक्षा १ का बालबालिकालाई कार्यालय सहयोगी रामशरण यादबले पढाइरहेका छन् ।
सन्तोष सुवेदीले गोरखापत्रमा लेखेको खबर ।
प्रतिक्रिया