काठमाडौं १२ माघ/जिल्लावासीले प्रत्यक्ष रूपमा मतदान गर्न नपाएको झन्डै चार वर्ष हुन लागिसकेको छ । जिल्लामा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रिया यसअघि पनि निर्वाचन विधिबाटै भएको थियो । गत ५ भदौमा बालशिक्षा माध्यमिक विद्यालयले विव्यस गठन प्रक्रिया सुरु गरे पनि दलीय सहमति हुन नसकेपछि विव्यस गठन हुनसकेको थिएन । त्यसबेला चार पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये पाँचजनाले उम्मेदवारी फिर्ता लिएपछि अहिले आठ उम्मेदवारबीच मंगलबार चुनावी प्रतिस्पर्धा भएको छ ।
विद्यालयले त्यतिबेला नै मतदाता नामवली प्रकाशनलगायत सबै प्रक्रिया पूरा गरे पनि सहमति हुन नसक्दा विव्यस गठन प्रक्रिया रोकिएको थियो । राजनीतिक ढंगबाट विव्यसमा सहमति जुटाउने वातावरण निर्माणका लागि विद्यालयले नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ, एमालेका कमल नेपाल र माओवादी केन्द्रकी अमृता नेपाललाई जिम्मेवारी दिएको थियो । तीनै नेताहरूले सहमति गराउन खोजे पनि अन्त्यमा सो प्रयास विफल भएको थियो ।
दलहरूबबीच सहमति नभएपछि विद्यालयले चुनावी प्रक्रियाबाटै विव्यस गठन प्रक्रिया टुंगोमा पु¥याउने बताएपश्चात् दलीय ‘गठबन्धन’ भएर संसदीय निर्वाचनकै झल्को दिने गरी राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका थिए ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए भने एमाले एक्लै विद्यालय व्यवस्थापन समितिको चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । चुनाव आफ्नो पक्षमा पार्न र मत दिन आग्रह गर्दै उम्मेदवार र दलका कार्यकर्ताहरू अभिभावकको घरघर
पुगेका थिए । ‘संसदीय चुनावभन्दा बालशिक्षाको चुनाव चर्काे भयो,’ खाडिचौरका एक स्थानीय व्यंग्य गरे । विद्यालयको चुनाव त यति भड्किलो भयो भने अब अरू निर्वाचन कस्तो होला ? उनले पआफैंलाई प्रश्न गरे । चुनावी प्रचारप्रसार, घरदैलोलगायत कार्यक्रमले मतदाताहरूलाई आफ्नो पक्षमा पार्न ‘गठबन्धन’का उम्मेदवार र कार्यकर्ताहरू बढी नैसक्रिय थिए ।
एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेका जिल्ला नेतृत्वसहितका नेताहरू चुनावी अभियानमा सक्रिय थिए । मोटरसाइकल ¥याली, चिया, पसल र होटलहरूमा केही दिनदेखि नै अभिभावकहरूको बाक्लोजमघट देखिन्थ्यो ।
कतिपय उम्मेदवारहरूले अभिभावकहरूको मत किन्न ‘पैसा’ को चलखेलसमेत भएको बजार हल्ला चलेको थियो । नयाँ शिक्षा नियमावलीअनुसार विव्यस गठन सुरु भएपछि जिल्लामा पहिलो पटक निर्वाचनको विधिबाट विव्यस छनोट हुने भएकाले पनि राजनीतिक दलहरूले यसलाई प्रतिष्ठाको विषय नै बनाएका थिए । गठबन्धनका उम्मेदवारहरू टाढाका मतदातालाई गाडीमा हालेर ल्याउने र लैजाने काममा सक्रिय थिए ।
स्थानीय निर्वाचन नजिकिदै गरेको र विव्यस अध्यक्षले पनि निर्वाचनमा महŒवपूर्ण भूमिका निभाउने भएकाले पनि जिल्लाका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना स्थानीय तहका नेता तथा कार्यकर्ताहरूलाई विव्यसमा आफ्नो पकड बनाउन निर्देशन समेत दिएका थिए ।
चुनावचिह्नविना नै निर्वाचन
प्रायः निर्वाचनमा चुनाव चिह्नको प्रयोग गर्ने गरिए पनि बालशिक्षा माविका उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण नगरी सम्बन्धित उम्मेदवारको नाममै मतदान भएको थियो । सिन्धुपाल्चोक पहिलो पूर्ण साक्षर जिल्ला हो । सबैले नाम पढ्न सक्छन्, त्यसैले भोट नाममै हाल्ने हो भन्दै विद्यालयका प्रधानाध्यापक तोयानाथ नेपालले अडान लिएपछि उम्मेदवारको नाममै मतदान गरिएको थियो ।
विद्यालयका संरक्षकसमेत रहेका खाडिचौरका स्थानीय कृष्ण क्षेत्रीले सामाजिक सञ्जालमार्फत गुनासो पोखे, ‘विद्यालयका प्रधानाध्यापक तोयानाथ नेपालले निर्वाचन चाहेकाले विव्यसमा सहमति हुननसकेको हो ।’
माओवादी केन्द्रका नेता माधव सापकोटाले त स्थानीय निकायको निर्वाचन नजिकिँदै गरेकाले यस्ता गठबन्धनले महŒवपूर्ण अर्थ राख्ने बताए । शिक्षा नियमावलीमा कतै पनि निर्वाचनको माध्यमबाट विव्यस गठन गर्ने भन्ने प्रावधान छैन तर सहमति हुन नसकेपछि छनोटका लागि निर्वाचनमा जानु परेको जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले बताए । ‘हामीले सहमतिका लागि लामो प्रयास ग¥यौं तर सम्भव भएन,’ उनले भने । माघभित्रै विव्यस गठन प्रक्रिया सक्नुपर्ने भएकाले निर्वाचन विधि रोजेको उनको दाबी छ । विद्यालय व्यवस्थानका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
विद्यालय शिक्षामा दलीय राजनीतिक रंग लागेपछि सामुदायिक विद्यालयले गुणस्तर गुमाउँदै गएको आरोप खेपिरहेको बेला विद्यालय व्यवस्थापन समितिको गठनमा समेत राजनीतिक खेमा देखापर्नु सामुदायिक विद्यालय शिक्षाका लागि दुर्भाग्य हो । ‘सरकारले विद्यालयका शिक्षकलाई सक्रिय रूपमा राजनीतिक गतिविधि गर्न नपाउने भनिरहेको बेला सामुदायिक विद्यालयमा विव्यसमार्फत दलीय राजनीति पसेको छ,’ खाडीचौरका स्थानीय क्षत्रीले भने ।
दिनेश थापाले राजधानीमा लेखेको खबर ।
प्रतिक्रिया