Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

प्रअ र जिशिअबीच सम्झौता, सम्झौताअनुसार नभए कारबाही

आइतबार, ०९ माघ २०७३

भक्तपुर - सरकारी विद्यालयका प्रअहरु र जिशिअबीच सम्झौता भएको छ ।
सरकारी विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धि सुधारका लागि जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकबीच २२ बुँदे कार्य सम्पादन सम्झौता भएको हो । शैक्षिक उपलब्धिका दृष्टिले उत्कृष्ट जिल्लाको रुपमा रहेको भक्तपुर जिल्लाको थप शैक्षिक उपलब्धिमा अझ सुधार गर्न भन्दै जिशिअ अर्जुनबहादुर रायमाझी र विद्यालयका प्रहरुबीच सम्झौता भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी रायमाझीका अनुसार माध्यमिक, निमावि र प्रावि तहका १ सय ३० जना प्रअहरुबीच सम्झौता भएको छ । सम्झौता पत्रमा दुबै पक्षले हस्ताक्षर गरेको जिशिकाले जनाएको छ ।
‘विद्यालयको समग्र व्यवस्थापन सुधार गर्दै शैक्षिक उपलब्धि वृद्धिका लागि विगतमा भएका कार्यलाई निरन्तरताको साथ शैक्षिक गुणस्तर उकास्नका लागि कार्य सम्पादन सम्झौता भएको हो,’ शिक्षा अधिकारी रायमाझीले भने, ‘प्रअले सम्झौता गरेअनुसार काम गर्नुपर्छ, काम भयो भएन भन्ने विषयमा हामी अनुगमन गछौंं ।’
२२ बुँदे सम्झौतापत्रमा चालू आर्थिक बर्षको असार मसान्तभित्रमा विद्यालय सुधार योजना तयार गर्ने, बिद्यालय क्षेत्र निर्धारण गरेर सो क्षेत्रका बालबालिकालाई विद्यालयमा ल्याउने, विद्यालयबाहिर बालबालिका नरहेको घोषणा गर्ने, बालमैत्री विद्यालय व्यस्थापनको वातावरण बनाउने, धुलोरहित कक्षाकोठामा विद्यार्थी पढाउने, अभिभावकसँग अन्तरक्रिया गर्दै विद्यार्थीलाई नियमित रुपमा विद्यालय आउने वातावरण बनाउने वुँदाहरु छन् ।
शैक्षिक सत्रको अन्त्यमा प्रत्येक शिक्षकलाई आफूले शिक्षण गरेको विषयको सिकाइ उपलब्धि एकिन गर्न लगाई त्यसैका आधारमा आगामी शैक्षिक सत्रका लागि शिक्षण सुधार योजना बनाउने, विद्यालयले स्वीकृत पाठ्यक्रम तथा आवश्यकताअनुसार सन्दर्भ सामग्रीको यथोचित प्रबन्ध गर्ने, विद्यालयको नाममा निकासा भई बेरुजु कायम भएको कुनै पनि कार्यक्रम भएमा सम्झौता मितिले एक महिनाभित्र र अन्यको हकमा भाद्र महिनाभित्र फस्र्यौटका लागि शिक्षा कार्यालयमा कागजात पेश गर्नेलगायतका वुंदा समावेश गरिएका छन् ।
प्रअले गरेको सम्झौतामा उल्लेख ती वुँदाहरु कार्यान्वयनका लागि विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक स्टाफको संयुक्त बैठकबाट स्पष्ट कार्ययोजना बनाउनुपर्ने पनि जिशिअ रायमाझीको भनाइ छ ।
प्रअहरुले शैक्षिक उपलब्धि कम भएका जिल्लाहरुका लागि ल्याएको कार्यक्रम भक्तपुरमा पनि लागू गरेको बताउँदै सम्झौता नगरे विद्यालयले पाउँदै आएको सेवा, सुविधादेखि शिक्षकको तलबसम्म रोक्का हुन सक्ने बताएको कारण सम्झौता गर्न बाध्य भएको बताएका छन् । ‘यो सम्झौतापत्रले त हामीले विगतमा कामै नगरेको ठहरियो ।’ एक प्रअको भनाइ छ ।
सम्झौतापत्रले जिल्लाको शैक्षिक उपलब्धिलाई अझ बढाउनेमा शिक्षा कार्यालय भने निश्चिन्त रहेको कार्यालयको भनाइ छ । कार्यालयका विनि बिमल निरौलाले भक्तपुरको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षा कार्यालयले बनाएको योजनामा सो कार्यले अझ सघाउ पु¥याउने बताए । ‘भक्तपुर शैक्षिक दृष्टिले अघि बढिरहेको जिल्ला हो, यहाँको शैक्षिक उपलब्धि अन्य जिल्लाहरुको लागि पनि अनुकरणीय छ, सो कामलाई अझ तीब्र र व्यापक बनाउन यो सम्झौतापत्रले अझ टेवा पुग्छ ।’ विनि निरौलाले भने ।
सम्झौतामा विद्यार्थी नियमितता तथा क्षमता सम्बन्धी विषय अभिभावकसँग चौमासिक अन्तक्रिया गरी व्यवस्थापन गर्ने, सबै शिक्षकलाई डायरी उपलब्ध गराई प्रयोग गर्ने गराउने, शिक्षकले शिक्षण गर्न आवश्यक पर्ने सामग्री सूची तयार गर्न लगाउने र शैक्षिक सत्रको सुरुमा सामग्री निर्माण गर्न लगाउने, विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय र आर्थिक गतिविधि समेटेर प्रत्येक वर्ष समाजिक परीक्षण गराई भाद्र महिनाभित्र प्रतिवेदन जिशिकामा पेश गर्ने वुंदाहरु उल्लेख छन् ।
यसैबीच सम्झौतामा हस्ताक्षर गरेपछि प्रतिक्रिया दिँदै एक प्रअले भने, ‘हामीले जिल्ला शिक्षा कार्यालयले नभन्दै पनि थुप्रै क्रियाकलापहरु गरिआएका छौं । जिशिकाले आफ्नो स्वार्थअनुरुप मात्र हामीलाई सम्झौतापत्रमा हस्ताक्षर गराए ।’
सम्झौतापत्रले काम नगर्ने प्रअ तथा शिक्षकहरुलाई अझ काम गर्न उत्साह दिने मात्र नभएर नियमानुसार गर्नुपर्ने काम पनि गर्न बाध्य बनाउने सरोकारवालाहरुले बताएका छन् ।

प्रअहरुले शैक्षिक उपलब्धि कम भएका जिल्लाहरुका लागि ल्याएको कार्यक्रम भक्तपुरमा पनि लागू गरेको बताउँदै सम्झौता नगरे विद्यालयले पाउँदै आएको सेवा, सुविधादेखि शिक्षकको तलबसम्म रोक्का हुन सक्ने बताएको कारण सम्झौता गर्न बाध्य भएको बताएका छन् । ‘यो सम्झौतापत्रले त हामीले विगतमा कामै नगरेको ठहरियो ।’ एक प्रअको भनाइ छ ।
सम्झौतापत्रले जिल्लाको शैक्षिक उपलब्धिलाई अझ बढाउनेमा शिक्षा कार्यालय भने निश्चिन्त रहेको कार्यालयको भनाइ छ । कार्यालयका विनि बिमल निरौलाले भक्तपुरको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षा कार्यालयले बनाएको योजनामा सो कार्यले अझ सघाउ पु¥याउने बताए । ‘भक्तपुर शैक्षिक दृष्टिले अघि बढिरहेको जिल्ला हो, यहाँको शैक्षिक उपलब्धि अन्य जिल्लाहरुको लागि पनि अनुकरणीय छ, सो कामलाई अझ तीब्र र व्यापक बनाउन यो सम्झौतापत्रले अझ टेवा पुग्छ ।’ विनि निरौलाले भने । अहिले भक्तपुरको शैक्षिक उपलब्धि ६० प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया