Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

२६ भवन हस्तान्तरण

आइतबार, ०२ माघ २०७३

काठमाडौं २ माघ/भूकम्पपछिको पुनर्निमाण कार्यक्रमअन्तर्गत एक वर्षमा धादिङका जम्मा २६ वटा विद्यालय भवन बनाई हस्तान्तरण गरिएका छन् । पूर्णरूपले क्षतिग्रस्त ३ सय ९५ वटा विद्यालयका १ हजार ४ सय कक्षा काठामध्ये १ सय ९२ ओटा मात्रै बनेका हुन् ।
क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण गर्न जिल्लामै कार्यरत र भूकम्पपछि आएका ३७ संघसंस्थाले सम्झौता गरेका थिए । हालसम्म २६ वटा मात्रै पूर्णरूपले निर्माण भएको जानकारीमा आएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य बताउँछन् ।
युनाइटेड मिसन टु नेपालले जिल्लाका दक्षिणी भेग पीडा र महादेवस्थानमा १४ वटा विद्यालय भवन हस्तान्तरण गरेपछि पढाइ सुचारु भइसकेको छ । त्यहाँ ४५ वटा भवन निर्माणाधीन छन् । ‘उत्तरी भेगका रीगाउँ र लापा गाविसमा थप ४५ वटा विद्यालयको निर्माण स्वीकृति लिएको संस्थाका जिल्ला संयोजक शिव अधिकारीले भने ।
पर्यावरण संरक्षण मञ्चले सेम्जोङ र कटुन्जेमा मावि भवन निर्माण गरेको छ । गुम्दीका ३ वटा प्रावि तथा माविका भवन बनाउने जिम्मा लिएको भिलेज नेपालले पनि काम पूरा गरेको छ ।  संस्थासँग निर्माण कार्यको अनुभव, प्राविधिक जनशक्ति नहुनुले समग्र योजनामा भने ढिलाइ भइरहेको पुनर्निर्माण इकाई प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया