भन्नलाई सजिलो छ फकाएर र मनोवैज्ञानिक तरिकाले पढाउनुपर्छ र जस्तोसुकै गल्ती गरेपनि पिट्नु त के छुनु पनि हुदैन, फकाएर सुधार्नुपर्छ भनेर । सकेसम्म फकाएरै पढाउनुपर्छ । तर सबै स्थान, समय र परिस्थितमा विद्यार्थीले जे गरेपनि सहने र फकाउने गर्दा कुनैकुनै विद्यार्थी झन अराजक र मनपरी गर्ने र शिक्षक र अन्य विद्यार्थीहरूलाई समेत नटेर्ने, हल्ला गर्ने, गाली गर्ने, झगडा गर्ने स्वभावका हुन्छन ।
यसको लागि घर परिवारको आर्थिक, शैक्षिक अवस्था, उसको स्वभाव, संगतले धेरै प्रभाव पार्दछ । सुरूमा मनोवैज्ञानिक तरिकाले सम्झाउने नै हो, यदि मान्दै मानेन भने अलि डराउने, यदि त्यति गर्दैपनि मान्दै मानेन, झनझन बढी बढी गर्दै गयो भने कहिलेकाहि हान्नुको विकल्प हुदैन । तर चोटपटक लाग्ने र अंगभंग हुनेगरी भने होईन । हामी पश्चिमा परिवेशमा उपयुक्त त्यहीका शिक्षाविद, मनोवैज्ञानिकहरूले प्रतिपादन गरेका सिद्धान्त र विचारहरू हाम्रोजस्तो विल्कुलै फरक आर्थिक, सामाजिक, भौगोलिक, राजनैतिक परिवेशमा हुबहु लागू गर्न खोज्छौं ।
फलस्वरूप यसका नकारात्मक असरहरू देखिन्छन र हाम्रो परिवेशमा देखिएका पनि छन । कि त हाम्रो परिवेशको गहन अध्ययन गरी यस्ता समस्या समाधानका उपायहरू पत्ता लगाउनुपर्छ । र हामीले ती सिद्धान्त र विचारहरू हुबहु लागू गर्नुभन्दा तिनीहरू आफ्नो परिवेशमा उपयुक्त छन कि छैनन भनेर समालोचनात्मक विश्लेषण गरेरमात्रै लागू गर्नुपर्छ ।
फकाएर पढाउनु र सम्झाउनुपर्छ भनेर भन्ने सर, म्याडमहरूका क्लासमा धेरै हल्ला भई कक्षा अनियन्त्रित भएका, अराजक गतिविधि भएका वा तिनीहरूले नै धेरै कुटेकोजस्ता धेरै उदाहरणहरू हामीले देखेका र सुनेका छौं । त्यसैले यस्ता कुरामा हुबहु नक्कल गर्नुभन्दा आफ्नो समाज र परिवेसमा उपयुक्त छ कि छैन भनी समालोचनात्मक अध्ययन गरेर मात्रै लागू गर्नुपर्छ । धन्याद ।
प्रतिक्रिया