शिक्षा क्षेत्रमा हाल देखिइरहेको भद्रगोलको स्थिती को धेरै हिस्सा हाम्रा प्रिय राजनीतिमा माहिर शैक्षिक नीति शिल्पीहरुले लिनुपर्छ | समाज परिवर्तनको संवाहक शैक्षिक क्षेत्रलाई राजनीतिक स्वार्थ पूर्तिमा "ट्रेड अफ" गर्न पुगेपछि यस्तै नभएर कस्तो होस् त शिक्षा क्षेत्र ?
नीति विदेशी दातालाई कि स्वदेशी आवश्यकतालाई? नीति राजनीतिक दलका भातृ संगठनलाइ कि विद्यालयका कलिला नानीवावुप्रति ? सिंहदरवारको घुम्ने कुर्सीमा वसेर, राजधानिका तारे होटलमा रमिता देखाएर रुकुम, रोल्पा, कालिकोटका विद्यार्थीले के पाउंछन् | आवश्यकता, सम्भावना र दुरगामी असरप्रति आंखा चिम्लिएर वन्ने कागजि खोस्टाहरु त फगत नीत्गत दस्तावेज मात्रै हुन् | खुल्यो, खुल्यो, खुल्यो...ल ! अव त पक्का खुल्ने भो भनेर स्वायत्त भनिएको संस्थातिर नजर पुर्यॉउंदै वसिरहंदा हैन कतैवाट आकाशवाणी आयो रे आयोग त अनिश्चित भो रे ! ....अव के भन्ने?
सिद्दान्त र व्यवहारमा यसैगरि टकराव हुंदै जाने हो भने एकातिरको ऑधि अर्कोतिरको झोलुड्गे भनेझैं शिक्षा क्षेत्रमा नीति र यथार्थ , समस्या र समाधान दुई विपरित ध्रुवमा अघि वढ्दै जानेछन् र फेरि भेट हुन निक्कै मुस्किल पर्नेछ |
एउटा गित छ नि : धर्ति , आकाश जस्तै भयौं मिलन अव हुनेछैन ......
प्रतिक्रिया