काठमाडौं २५ पुस/विलक्षण प्रतिभा र नवीन रचनात्मक सोच भएका वैज्ञानिक र युवालाई नेपालमै फर्काएर अध्ययन/अनुसन्धान र अन्वेषणमा सक्रिय बनाउन नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘फर्क–फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम सुरु गर्न लागेको छ । विभिन्न मुलुकमा अध्ययन, अनुसन्धान र अन्वेषणमा सफल भएका र नेपालमै फर्किएर उल्लेख्य काम गरौं भन्ने चाहना बोकेका वैज्ञानिक र युवालाई आकर्षित गर्न त्यस्तो कार्यक्रम ल्याउन लागिएको नास्टका उपकुलपति डा. जीवराज पोखरेलले बताए ।
उनले मुलुक फर्किएर नयाँ काम गर्ने सोच बोकेका युवा र अन्वेषणकर्तालाई नास्टमा सम्पर्क गर्नसमेत आग्रह गरे । यो कार्यक्रमका लागि नास्टले चालु आर्थिक वर्षका लागि करिब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया