काठमाडौं २५ पुस/त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले शैक्षिक तथा विभिन्न पेसागत हकहितका माग पूरा गर्न विश्वविद्यालयका पदाधिकारीलाई पुस मसान्तसम्मको अल्टिमेटम दिएका छन् ।
विश्वविद्यलयका पदाधिकारीले लामो समयदेखि आफूहरूको माग बेवास्ता गरेको भन्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले माग पूरा गर्ने विषयमा विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गराएको हो ।
विश्वविद्यालयका उपकुलपतिलाई बुझाइएको लिखित ज्ञापनपत्रमा विद्युतीय हाजिरीको व्यवस्था प्राध्यापकको पेसासँग मेल नखाने भएकोले सो नगर्न, आंशिक शिक्षकलाई पूर्णकालीन गर्न, चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यमान समस्याको समाधान गर्न, प्राध्यापकको उमेर हद ६३ बाट ६५ बनाउनुपर्ने लिखित माग प्राध्यापकहरूले गरेका छन् ।
सेवा आयोगले हरेक छ छ महिनामा विज्ञापन गर्नुपर्ने, विश्वविद्यालयको कृषि क्याम्पस रामपुर, हेटाँैडा वन क्याम्पस हेटौँडालगायत क्याम्पसको विश्वविद्यालयले संरक्षण गर्नुपर्नेलगायत माग उपकुलपतिसमक्ष प्रस्तुत गरिएको जानकारी त्रिवि प्राध्यापक सङ्घका अध्यक्ष योगेन्द्र बडबरियाले दिनुभयो ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया