काठमाडौं २१ पुस/दैलेखको पश्चिम चामुण्डा २ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षकले वार्षिक तलब १७ हजार ५ सय रुपियाँ बुझ्ने गरेका छ्न् ।
चार जना शिक्षकले जिल्ला शिक्षा कार्यालय दैलेखबाट प्राप्त अनुदान लिनुपर्ने भएकाले एक जनाको भागमा यति रकम भाग परेको हो ।
सरकारले अदक्ष ज्यालादारीलाई प्रतिदिन तीन सय ५० र दक्ष ज्यामीलाई सात सय दिने निर्णय भए पनि सरस्वती विद्यालयका शिक्षकले भने प्रतिदिन ४८ रुपियाँमात्र पाउने गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयबाट प्राप्त वार्षिक रु. ७० हजार रुपियाँ अनुदान चार जना शिक्षकले बाँडेर लिनुपरेको स्थानीयवासी बताउँछन् । भारतमा ज्यालादारी गर्दा महिनाको २० हजार भारु कमाउँछौं सोही गाविसका कलमबहादुर शाहीले भने ।
कक्षा १ देखि ५ सम्म अध्यापन गराइने विद्यालयमा जिल्ल शिक्षा कार्यालयले अनुदान रकम आर्थिक वर्षको मसान्तमा मात्रै उपलब्ध गराउने गरेको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया