Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

शिक्षकलाई कसरी पढाउने भनेर सोध्नु 'पाप' !

बुधबार, २० पुस २०७३

काठमाडौं –तपाँइ विद्यार्थीलाई कसरी पढाउनुहुन्छ ? कक्षाकोठामा के के गर्नुहुन्छ ? कक्षाकोठामा आइपर्ने विद्यार्थीका विभिन्न समस्याहरुबारेमा आफ्ना सहपाठी वा स्टाफ बैठकमा छलफल गर्नुहुन्छ कि हुन्न ? यी र यस्तै शिक्षण क्रियाकलापसँग सम्बन्धित प्रश्न वा जिज्ञासाहरु पटक–पटक आइरहन्छन् ।

यी जिज्ञासाहरुसँगै अभिभावकले पनि शिक्षकले आफ्ना सन्तानहरुलाई कसरी सिकाइरहेका होलान्, कसरी पढाइरहेका होलान्, भन्ने अभिभावकमा जिज्ञासा हुनु अस्वभाविक होइन । तर, शैक्षिक क्षेत्रका एक व्यक्तिले भने शिक्षकलाई ‘तपाँइले कसरी पढाइरहनुभएको छ ?’ भनेर सोध्नुलाई गलतमात्र नभएर 'पाप' समेत भएको बताएका छन् ।

मेलवर्न विश्वविद्यालयका प्रोफेसर एवं शिक्षा अनुसन्धान संस्थानका निर्देशक जोन हैटीले एउटा कक्षामा पढाइरहेका शिक्षकले अर्को कक्षामा पढाउने शिक्षककलाई कसरी पढाउनुहुन्छ भन्ने जिज्ञासा राख्नुलाई पापको संज्ञा दिएका हुन् । ‘कक्षाकोठाभित्र पस्नु र शिक्षकलाई कसरी पढाउने भनेर सोध्नु पाप हो किनभने यी सबै यदि तपाइँ गर्नुहुन्छ भने आफूले जस्तै गरी कसरी पढाउने भन्नु हो ।’ जोनले बताएका छन् ।  

उनले विद्यार्थीले पाएकोे ज्ञानको परीक्षा नभएर शिक्षणको प्रभावकारीताको परीक्षा हुनुपर्छ पनि भनेका छन् । ‘मैले विद्यार्थीलाई पढाएर के र कसमाथि प्रभाव पार्न सकेँ ? साथै मैले के राम्ररी पढाएँ अनि के नराम्ररी पढाएँ भन्ने बारेमा आत्ममूल्यांकन स्वयम्बाटै हुनुपर्ने उनको भनाइ छ ।

प्रोफेसर हैटीले परीक्षाले विद्यार्थीले कति सिक्यो भन्ने कुराभन्दा बढी विद्यार्थीले कति राम्रो गर्न सकेँ भन्ने कुराको भविष्यवाणी मात्र गर्ने उल्लेख गरे । हेडसर तथा शैक्षिक व्यक्तित्वहरुको लागि लण्डनमा आयोजित एक कार्यक्रममा बोल्दै प्रोफेसर हैटीले यसो भनेका हुन् । उनले एकले अर्कोलाई कसरी पढाउने भनेर सिधै प्रश्न सोध्नुको सट्टा एकअर्काको कुरा सुन्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए । जसरी विद्यार्थी गल्ती गर्दै सिक्छन्, त्यसैगरी नै शिक्षकहरुले पनि सिक्नुपर्नेमा उनको जोड थियो ।

उनले शिक्षकबीचको अन्तरसम्बन्धलाई अझ बलियो बनाउनका लागि शिक्षकले म विद्यार्थीसँग संघर्ष गरिरहेको छु, के तपाइँ मलाई सहयोग गर्न सक्नुहुन्छ भन्न सक्नुपर्ने आवश्यकता बढेको शिक्षकसँगै एउटै कक्षमा बसिरहे पनि एक्लै भइरहेको पनि बताए । शिक्षण अभ्यास र क्रियाकलापको लागि कक्षाकोठा र अफिस कोठा,  दुबै ठाउँमा विश्वासको वातावरण बनाउन आवश्यक रहेको उनको ठहर छ ।

प्रतिक्रिया