Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

स्कुल बसमा विद्यार्थी कोचाकोच

शुक्रबार, १५ पुस २०७३

काठमाडौं १५ पुस/ स्कुल बस विद्याथीृले खचाखच छ । सिट क्षमताभन्दा तेब्बर विद्यार्थी छन् ।  किताबको भारी बोकेका कलिला विद्यार्थी सकी नसकी उभिएका छन् ।
केही क्याबिनमा कोचिएका छन् । त्यही बसमा सवार एक शिक्षिका विद्यार्थीलाई भन्दैछिन्, किन उभिएको हजुरहरु ? सबैजना बसौन आफ्नो सिटमा ।
उभिएका विद्यार्थी सिटतिर हेर्छन्, खाली कुनै छैन । एक बालिका बोलिन्, खाली सिट छैन के टिचर। शिक्षिका झर्किन्छिन्, जानूसन् न तपाइँ पछाडि सिटम देख्नुभा छैन ?
विद्यार्थीहरु पछाडि सर्छन् तर बसमा सिट खाली छैनन् । बस अघि बढ्छ, विद्यार्थीहरु उसैगरी उभिएका छन् ।
वीरेन्द्रनगरमा एक बोर्डिङ स्कुलले विद्र्याी ओसार्न सञ्चालन गरेको बसभित्रको दृष्य हो, यो । यहाँका अधिकांश बोर्डिङ स्कुलका बालबालिका हरेक दिन यस्तै सास्ती खेपेर विद्यालय अआवतजावत गर्न बाधय छन् ।
बोर्डिङ स्कुलहरुमा विद्यार्थी संख्या बढिरहेको छ तर बसको संख्या बढेको छैन जसले गर्दा स्ुकल बस प्रयोग गर्ने बालबालिका सास्ती भोग्न बाध्य भएका हुन्
ललितबहादुर बुढाले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया