Edukhabar
शुक्रबार, १९ पुस २०८१
खबर/फिचर

झण्डै १० हजार विद्यार्थी दीक्षित

विहीबार, १४ पुस २०७३

ललितपुर – देशकै जेठो विश्वविद्यालयको ४२ औं दीक्षान्तमा ९ हजार ७ सय ३४ विद्यार्थी दीक्षित भएका छन् । शैक्षिक सत्र २०७२/७३ मा त्रिविका विभिन्न अध्ययन संस्थान तथा संकाय अन्तर्गतका ६० आंगिक र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पसहरुबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उत्तीर्ण गरेका कूल ८३ हजार ४ सय २५ मध्ये ९ हजार ७ सय ३४ विद्यार्थीमात्र दीक्षान्त समारोहमा उपस्थित भएका थिए ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा भएको दीक्षान्त समारोहमा शिक्षाशास्त्र संकायबाट ३१ हजार ४ सय ८, व्यवस्थापन संकायबाट २७ हजार २ सय ३७, मानविकी संकायबाट १५ हजार ९ सय २७, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङलगायतका अध्ययन संस्थानबाट ७ हजार ९ सय ९४ र कानुन संकायबाट ८ सय ५७ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्यस्तै सोही अवसरमा मानविकी र सामाजिक शास्त्र संकायअन्तर्गत विद्यावारिधि (पीएचडी) गरेका ३६ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत विभिन्न विषयमा विद्यावाधिरिधि गरेका १५ जना, कानून संकायमा विद्यावारिधि गरेका १ जना, शिक्षा शास्त्र संकायअन्र्तगत विद्यावारिधि गरेका ५ जना, व्यवस्थापन संकायअन्तर्गत रहेर विद्यावारिधि गरेका ७ जना, कृषि तथा पशुपालन संस्थानअन्तर्गतका विषयमा विद्यावारिधि गरेका ४ जनालाई पनि सोही अवसरमा उपाधि प्रदान गरिएको थियो ।

कार्यक्रममा वि.सं. २०७० सालको दीक्षान्त पदक एवं पुरस्कारबाट व्यवस्थापन संकायकाबाट उत्कृष्ट अंक हासिल गरेका प्रकाशकुमार गौतम, सोही पुरस्कार अन्तर्गत २०७१ सालमा उत्कृष्ट अंक ल्याएका विद्यार्थी क्रमशः दिलकुमार श्रेष्ठ, माहनीलाल गैरे, राजाराम अधिकारीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै स्नातकोत्तर तहतर्फ २०६९ सालको दीक्षान्त पदकबाट पद्म कन्या क्याम्पसका सीमा शर्मा, रत्नराज्यलक्ष्मी क्याम्पसका बिमला थपलिया, त्रिवि समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागकी सुस्मिता पौडेल र पिपल्स क्याम्पसकी सविता महर्जनलाई पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा वि.सं. २०७० सालको दीक्षान्त पदकबाट विश्वविद्यालय क्याम्पस गणित केन्द्रीय विभागका विष्णु पौडेल, जैविक प्रविधि केन्द्रीय विभागका राजेन्द्र नापित, रसायन शास्त्र केन्द्रीय विभागका प्रमोदकुमार मिश्र, पद्मकन्या क्याम्पसकी रञ्जु केसी, राजनीति शास्त्र केन्द्रीय विभागका पंकज अधिकारी, पुस्तकालय विज्ञान केन्द्रीय विभागकी निरा मानन्धर, ख्वप कलेजका अभिषेकराज खनाल, शिक्षाशास्त्र केन्द्रीय विभागका तारानाथ पनेरु, अर्थशास्त्र केन्द्रीय विभागका धर्मेन्द्र तिमल्सिना, भाषाविज्ञान केन्द्रीय विभागकी मञ्जु अधिकारी, रत्नराज्य क्याम्पसकी तृष्णा आाचार्य, क्याम्पियन कलेजका सुरिना कायस्थ, नेपाल कमर्श क्याम्पसकी साधना केसी र काठमाडौं मोडेल कलेजकी सिर्जना नेपालीलाई सम्मान गरिएको थियो ।

स्नातक तहतर्फको दीक्षान्त पदकबाट सम्मानित हुनेमा चिकित्साशास्त्र अध्ययन संस्थानकी रबिना महर्जन, शंकरदेव क्याम्पसका शुभम् श्रेष्ठ, सुलोचना श्रेष्ठ, प्रतिक्षा रिजाल, सुस्मिता वैद्य, पुल्चोक क्याम्पसका बद्री कुँइकेल, नेहनल कलेज अफ कम्युटर स्टडीजका मनिष श्रेष्ठ, सोनिका मानन्धर, ललितकला क्याम्पसकी अर्चना विष्ट, किष्ट कलेज अफ म्यानेज्मेन्टकी जगिना श्रेष्ठ, सिद्धार्थ बहुमुखी क्याम्पसकी सर्मिला थापा, मदनभण्डारी मेरोरियल कलेजकी संगिता सापकोटा, महेन्द्र मल्टिपल क्याम्पसका गोरखबहादुर शाही र महेन्द्र बिन्देश्वरी क्याम्पसका विनोदकुमार पाण्डे रहेका छन् ।

सोही अवसरमा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशीले सम्बोधन गरेका थिए । उनले सहरका केही शैक्षिक संस्थाहरुको अवस्था सन्तोषजनक भए पनि गाउँका शिक्षण संस्थाहरुको अवस्था सन्तोषजनक नभएको बताउँदै धनी– गरीब र सहर– गाउँका बीचको दूरी पत्ता लगाउने शिक्षाको पहुँचलाई केलाए पुग्ने बताए ।

उनले विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुले देशको विकासको लागि अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै विश्वलार्य उपहार दिनसक्ने विषयहरुको विषयमा अध्ययन जरुरी रहेको बताए ।
सो अवसरमा प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहालले बहुविश्वविद्यालय अवधारणाअन्तर्गत अन्य विश्वविद्यालयहरु स्थापना भइसक्दा पनि त्रिविले भने परम्परालाई मात्र धानिरहेकोमा दुःख व्यक्त गरे । उनले विश्वविद्यालयबाट उपाधि हासिल गरेका विद्यार्थीहरुलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु त्रिविको चुनौती भएको औंल्याउँदै त्रिविले आफ्नो कार्यक्रमलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

‘त्रिविले व्यावसायिक विषय र प्राविधियुक्त शिक्षाको वृद्धि गर्ने दायरलार्य समेत फराकिलो बनाउन आवश्यक छ ।’ उनले भने ।

त्रिविअन्तर्गत पाँचवटा अध्ययन संस्थान, ३५ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस र १ हजार ८४ वटा चकित्सम्बन्धन प्राप्त क्याम्पस संचालनमा छन् ।

फोटो : पोषण केसीको फेसबुकबाट

प्रतिक्रिया