Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

स्नातकलाई चारवर्षे बनाउन सकस

विहीबार, १४ पुस २०७३

काठमाडौं १४ पुस/ त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सबै विषययको पढाइ चारवर्षे बनाउने निर्णय गरे पनि मानविकी तथा सामाजिक शास्त्र संकायमा भने समस्या भएको छ ।
तीन वर्षमा पढाइ भइरहेको विषयलाई चारवर्षे बनाउँदा थप कक्षाकोठा तथा भौतिक संरचना चाहिने र प्राध्यापकको संख्यासमेत बढाउनुपर्ने भएकोे त्रिवि अप्ठ्यारोमा परेको हो । मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन ताराकान्च पाण्डेले सबैभन्दा धेरै विषय मानविकमा भएकोले तत्कालै चारवर्षे बनाउन अहिलेको अवस्थामा स्रोत र साधनले नभ्याउने बताए ।
यस संकायअन्तर्गत १८ वटा केन्द्रीय विभाग तथा ३६ वटा कार्यक्रम सञ्चालित छन् । त्रिविमा सबै संकायमा गरेर करिब एकहजार विषय पढाइ हुन्छ भने मानविकीमा मात्र पाँचसयभन्दा बढी विषय छन् । सबैभन्दा धेरै विषय भए पनि यस संकायमा विद्यार्थी संख्या भने घट्दो क्रममा छ । केही विषयमा मात्र विद्यार्थी झुम्मिएका छन् ।
सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

 

प्रतिक्रिया