भक्तपुर - उपत्यकाव्यापी विद्यालयस्तरीय तेस्रो एजे भलिबल कपको उपाधि भक्तपुरस्थित स्प्रिङ्डेल इङ्लिस स्कुलले हात पारेको छ । छात्र र छात्रा गरी दुबै विधामा आयोजित उक्त प्रतियोगिताको फाइलनमा आयोजक एजे (आदर्शज्योति) लाई पन्छाउँदै स्प्रिङ्डेलले कप हात पारेको हो ।
सोमबार सम्पन्न फाइनल खेलअन्तर्गत छात्रातर्फ एजे र स्प्रिङ्डेलबीचको खेलमा स्प्रिङ्डेलले एजेलाई सोझो सेटमा हराएको थियो । खेलमा एजेले स्प्रिङ्डेलका विरुद्ध २७ –२५, २५ –१४ र २५ –१९ अंक तथा छात्रहरुबीच भएको खेलमा क्रमशः २३ –२, १५ –२५, २५ –१६, २५ –२३ र १५ –१३ अंक हासिल गरेको थियो ।
भलिबल खेलप्रति विद्यार्थीको बढ्दो आकर्षणलाई मध्यनजर गरी आयोजित प्रतियोगितामा छात्रतर्फको बेष्ट स्पाइकरमा स्प्रिङ्डेलका चामबहादुर तनामी, बेष्ट ब्लकरमा एजेका बिशाल बस्नेत, बेष्ट सटरमा एजेकै रुपक बस्नेत र बेष्ट सर्भरमा स्प्रिङ्डेलका बबिन आचार्य साथै प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने आयोजक एजेका कुमार कार्कीले पाएका छन् ।
त्यस्तै छात्रातर्फ बेष्ट स्पाइकरमा स्प्रिङ्डेलकी प्रतिमा थापामगर, बेष्ट सेटरमा स्प्रिङ्डेलकै श्रीना माली, बेष्ट सर्भरमा एजेकी क्रिष्टिना बल तामाङ, प्लेयर अफ दि टुर्नामेन्टको उपाधि एजेकी एलिशा भुजूले पाइन् ।
प्रतियोगितामा विजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल कृष्णराम दुवाल र संस्थागत विद्यालय संघ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापा तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीलिप केसीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न विद्यालयका १६ टीमको सहभागिता थियो ।
प्रतिक्रिया