काठमाडौं ९ पुस / पायक पर्ने स्थानमा विद्यालय नहुँदा काभ्रेको अति विकट डाँडापारि क्षेत्रका निमावि, मावि र उमावि तहमा पढ्ने बालबालिका भने विद्यालय आउँदा र घर जाँदैमा दिन बित्ने गेको पाइएको छ ।
सरकारले प्राथमिक तहका बालबालिकालाई कम्तिमा पनि आधा घन्टाको पैदलपछि विद्यालय पुग्ने व्यवस्था मिलाएको दाबी गर्दै आइरहेको भए पनि यस क्षेत्रमा भने विद्यालय जान र आउनमै दिन बित्ने गरेको पाइएको हो ।
जिल्लाको डाँडापारि क्षेत्रका अधिकांश विद्यार्थी प्रावि र निमावि अध्ययनका लागि दैनिक पाँच घन्टा हिँड्न बाध्य छन् । गाउँ नजिकै प्रावि र निमावि अध्ययनका लागि कुनै विद्यालय नभएका कारण उनीहरुले यसरी दैनिक पाँच घन्टाको बाटो हिँड्न बाध्य भएका हुन् । यसरी प्रावि, निमावि र मावि पढ्नकै लागि घन्टौं हिँड्नु परेपछि यहाँका अधिकांश बालबालिकाको पढाइ प्रावि तहमै टुङ्गिने गरेको छ ।
आर्थिक अवस्था मजबुत हुने कतिपय अभिभावकले सानै उमेरमा डेरा लिएर आफ्ना बालबालिकालाई सदरमुकाम धुलिखेल र आसपासका सह बनेपा तथा पनौतिका विद्यालयमा अध्ययन गराउँदै आए पनि अधिकांश विद्याथी गाउँमा पढ्न बाध्य छन् । विद्यालय आउँदा र जाँदाको समय विद्यालयमा पढ्नेभन्दा धेरै पर्छ । पाँच कक्षा उत्तीर्ण गरेपछि क पढाइ छोड्नुपर्छ नत्र दैनिक चारदेखि पाँच घन्टा हिँड्नुको विकल्प छैन ।
मधुसुदन तिमल्सिनाले गोरखापत्रमा लेखेको खबर
प्रतिक्रिया