Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

कम्प्युटर पढाइ कितावमै सीमित

शुक्रबार, ०८ पुस २०७३

काठमाडौं ८ पुस / त्रिभुवन माध्यमिक विद्यालय खलंगामा आठ कक्षामा अध्ययनरत आशा विश्वकर्माले कम्युटर विषय पढ्न थालेको तीन वर्ष भयो तर अहिलेसम्म उनले कप्युटर छुन त परको कुरा, देख्न समेत पाएकाी छैन ।
पाठ पढ्छौं, त्यसकै आधारमा परीक्षा दिन्छौं, प्राक्टिकल माक्र्स सरले सित्तैमा दिनुहुन्छ, उनले भनिन्, अहिलेसम्म कप्युटर छुन पाएको छैन ।
उक्त विद्यालयमा आशाजस्तै अध्ययनरत करिब तीन सय विद्यार्थीमध्ये कसैले पनि कप्युटरको प्रयोगात्मक अभ्यास गर्न पाउँदैनन् । शैक्षिक सत्र २०६९ देखि सरकारले विद्यालय तहअन्तर्गत ६ देखि ८ कक्षासम्म कप्युटरलाई ऐच्छिक विषयका रुपमा राखिएको छ ।
जिल्लाका सबै विद्यालयमा यो विषय पढााइ हुन्छ । तर कुनै पनि विद्यालयले कप्युटरको अभ्यास गराउँदैनन् ।
राजेन्द्र कार्कीले जाजरकोटबाट अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया