काठमाडौं - भाषा आयोगले ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ । भाषा र साहित्यका क्षेत्रमा कृयाशिल ब्यक्तिहरुलाई समूहमा समावेश गरिएको आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले जानकारी दिए ।
समूहमा बैरागी काइला (तिलविक्रम नेम्वाङ), प्रा.डा. योगन्द्रप्रसाद यादव, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. नोवलकिशोर राई, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. तेजरत्न कंसाकार, प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा.डा. दानराज रेग्मी र प्रा.डा. रुद्रलक्ष्मी श्रेष्ठलाई राखिएको छ । उनीहरुले आयोगका लागि आवश्यक सल्लाह र सुझाव दिने बताईएको छ ।
आयोगले मातृभाषाहरुको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताबारे सरकारलाई सुझाव दिने छ । संविधानको धारा २८७ मा भएको ब्यवस्था अनुसार आयोगले सरकारी कामकाजको भाषाको मान्यता पाउन पूरा गर्नुपर्ने आधार तय गर्दै पाँच बर्ष भित्र सरकारलाई सिफारिस गर्नेछ ।
संविधान जारी भएको एक बर्ष भित्र आयोग गठन गर्ने व्यवस्था अनुसार गत साउन २३ गते सरकारले अवस्थीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
फोटो : प्रकृति अधिकारी, संचार अधिकृत, भाषा आयोग
प्रतिक्रिया