Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

मुसहर बालबालिका विद्यालयबाट बाहिर

बुधबार, ०६ पुस २०७३

काठमाडौं ६ पुस / महोत्तरीको मनहरवा ६ स्थित मुसहरबस्तीमा रहेका नेपाल राष्ट्रिय जनजाति प्राविको सम्पूर्ण पूर्वाधार भद्रगोल छ ।
मुसहरबस्तीका बालबालिका स्कुलबाहिरै छन् । केही बालबालिका स्कुल गए पनि त्यहाँ ढुक्कले पढ्न सक्ने वातावरण छैन ।
विद्यालयको हाजिरीकापीमा बच्चाको नाम छ तर उनीहरु उपस्थित हुँदैनन् । विद्यालय जानुको सट्टा मुसहर बालबालिका एकाबिहानै चौरका खाल्डाखुल्डीमा जमेको पानी खोज्न जान्छन् । यो गाउँमा चार वर्षअघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले रात बिताएका थिए ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यस विद्यालयको शैक्षिक क्रियाकलाप पूर्ण रुपमा प्रभावित हुँदा पनि जिल्ला शिक्षा कार्यालय महोत्तरीले ध्यान दिएको छैन । यहाँका मुसहर, पासवान, साह, मुस्लिमलगायत गरिब तथा विपन्न वर्गका बालबालिकाको पढाइ प्रभावित हुँदैछ ।

अन्नपूर्ण पोष्टमा राजकरण महतोले लेखेको खबर ।

प्रतिक्रिया