भक्तपुर - निमावि तहको स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षाको नतिजा फागुनमा मात्र आउने भएको छ । परीक्षा सकिएको चार महिनामा बल्ल उत्तरपुस्तिका कोडिङको काम सकिएको आयोगले जनाएको छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठा उत्तरपुस्तिका परीक्षणको प्रारम्भिक काम सुरू भएको बताउँछन् ।
प्रारम्भिक कामदेखि नतिजा प्रकाशनसम्मको काम माघ मसान्त सम्ममा पनि सकाउन मुश्किल हुने भएकोले नतिजा प्रकाशन हुन फागुन लाग्ने उनले बताए ।
परीक्षामा सहभागी उम्मेदवारहरूबाट परीक्षाको नतिजाबारे दैनिक सोधनी भइरहे पनि नतिजाका लागि सबै तयारी गर्दा समय लिनु स्वाभाविकै भएको उनको तर्क छ ।
आयोगले निमावि तहको १ हजार १ सय १७ पदका लागि गत भदौ ११ गते परीक्षा लिएके थियो ।
परीक्षामा १ लाख १६ हजार ३ सय ४० जनाले आवेदन दिएका थिए ।
प्रतिक्रिया