Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

पढ्ने चाहिँ इन्जिनियरिङ, गर्ने भने नक्कली नोट कारोबारी

आइतबार, ०३ पुस २०७३

काठमाडौं ३ पुस/मंसिर २४ गतेबाट शुरु भएको लमजुङको महोत्सवमा दिनहुँ एउटा नयाँ हजारको नोट फेला पथ्र्यो । सक्कली र नक्कली नोटबारे खासै जानकारी नभएका महोत्सवको टिकट काउण्टरका व्यक्ति तबमात्रै झस्कीए, जब बैंकमा जम्मा भएको रकम बैंकले फिर्ता गरीदियो ।

नक्कली नोट पत्ता लागेपछि बैंकले चनाखो हुन महोत्सवको टिकट व्यवस्थापनको टिमलाई आग्रह गर्‍यो । बैंकको आग्रहपछि त्यही नोट लिएर चनाखो भएर बसेका टिकट काउण्टरका व्यक्तिले फेरी सोही खालको नोट देखेपछि शंका गरीहाले ।

‘हामीलाई नक्कली नोट आएको छ भन्ने बित्तिकै चनाखो रह्यौं, पाँचौ लमजुङ महोत्सवको टिकट व्यवस्थापन समितिका संयोजक कृष्णकुमार प्रधान भन्छन, ‘ शंका लागेपछि ‘पर्समा’ भएका अन्य नोट देखाउन आग्रह गर्दा नमानेपछि प्रहरीलाई बुझायौं ।’

बेसीशहर–४ गैरीका राजकुमार श्रेष्ठको नक्कली धन्दाको सबै पोल प्रहरीले उनको घरमा छापामारेपछि सार्वजनिक भयो । ‘शंका लागेपछि हामीले चार हजार रकम तत्कालै बरामत गर्यौं‍, शनीबार प्रहरी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले भने,‘घरमा छापा मार्दा थुप्रै नोट र अन्य नक्कली फन्डा सार्वजनिक भए ।’

पुल्चोक इञ्जिनियरिङ कलेजबाट बिई उत्र्तिण गरेका ३० बर्षीय श्रेष्ठसँग प्रहरीले हजार रुपैयाँको तयारी नोट २५ वटा, हजारको पेपरमा प्रिन्ट गरेको थान १४, पाँच सयको पेपरमा प्रिन्ट गरेको थान ३, १ सयको पेपरमा प्रिन्ट गरेको थान ५, पचासको तयारी नोट थान १, पाँच रुपैयाँको तयारी नोट थान ६, पाँचको पेपरमा प्रिन्ट गरेको थान १ बरामद गरेको छ ।

त्यस्तै एक रुपैयाँको तयारी नोट थान २८, भारतीय पाँच सयको पेपरमा प्रिन्ट गरको थान–१, मालपोत कार्यलयको छाप १ थान, शाखा अधिकृतको छाप १ थान, जग्गाधनी प्रमाणपुर्जा र नोट बनाउन प्रयोग गरीएका बिभिन्न उपकरण बरामद गरीएको प्रहरी नायव उपरीक्षक खरेलले बताए ।

पक्राउ परेका श्रेष्ठले आफ्नो नक्कली धन्दा स्वीकार गरेका छन् । उनले नक्कली नोटको कारोवारमा आफ्नोमात्रै संलग्नता रहेको प्रहरीलाई बयान दिएका थिए ।

पक्राऊ परेका श्रेष्ठले यसअघि पनि साइकल किन्नका लागि नक्कली नोट प्रयोग गरेको खुल्न आएको छ । त्यस्तै यसअघि बेसीशहरमा थुप्रै बैंकमा नक्कली नोट भेटिएको थियो ।

यता प्रहरी नायब उपरीक्षक खरेलले प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताए । ‘अन्य व्यक्तिको संग्लनता भए÷नभएको हामी अनुसन्धान गर्दैछौं, ‘दोषी उपर कानुन कारवाही गर्न हामी कुनै कषर बाँकी राख्ने छैनौं,’ उनले भने ।
दीपक अधिकारीले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

 

प्रतिक्रिया