Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

आउँदो वर्ष पनि कक्षा ६ देखि १० सम्मका विद्यार्थीले पुस्तक पाउन मुस्किल हुने

शनिबार, ०२ पुस २०७३

काठमाडौं २ पुस  / जनक शिक्षा सामग्री केन्द्रमा चरम आर्थिक अभाव हुँदा आउँदो वर्ष पनि कक्षा ६ देखि १० सम्मका विद्यार्थीले पुस्तक पाउन मुस्किल हुने देखिएको छ ।
पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रमा कर्मचारीले तलब खान पाएका छैनन् भने कागज खरीद हुन सकेको छैन । प्रेससमेत बन्द रहेका छन् ।
शैक्षिक सत्र सुर भएपछि पुस्तक अभावको वर्षेनी आलोचना खेप्ने गरे पनि जनक शिक्षामा सुधारको कुनै पहल भएके छैन ।
शिक्षा मन्त्रालयले आगाी शैक्षिक सत्रका लालगि कक्षा एकदेखि कक्षा पाँचसम्मको पुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरिसकेको छ ।
कक्षा ६ देखि १० सममका विद्यार्थीको लागि एक करोड ७७ लाख थान पुस्तक छाप्ने जिम्मा भने जनक शिक्षालाई दिइएको छ ।
जनक  शिक्षा नेतृत्वविहीनको समस्या पनि भोगिरहेको छ । व्यापक सुधारको कार्ययोजनासहित खुला प्रतिस्पर्धाबाट प्रबन्ध सञ्चालकमा नियुक्त पाएका अनिल झाको चारवष्र्ने कार्यकाल मंसिर १३ बाट सकिएको छ । अर्को प्रबन्ध सञ्चालक नियmुत्र हुन नसक्दा शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई जनक शिक्षाको प्रबन्ध सञ्चालकको पनि जिम्मेवारी दिएको छ ।

भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।

 

प्रतिक्रिया