भक्तपुर - गत जेठमा सञ्चालित कक्षा ११ को नीयमित तर्फको नतिजा बिहीबार सार्वजनिक हुँदै छ । परीक्षामा २ लाख ६१ हजार ४ सय ३१ परीक्षार्गी सहभागि भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कक्षा ११ को परीक्षामा आँशिक सहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागि थिए । आँँशिकको नतिजा अघिल्लो मंगलबार सार्वजनिक भएको थियो । गत बर्ष सम्म नीयमित र आँशिकको नतिजा एकै पटक प्रकाशित गर्ने गरिन्थ्यो ।
एकै पटक नतिजा प्रकाशित गर्दा कक्षा १२ पास भएर पनि विद्यार्थीले अर्को तह पढ्न नपाउने हुँदा एक बर्ष खेर जान्थ्यो । विद्यार्थीको समय बचाउन यस बर्ष देखि आंशिक र नियमितको नतिजा छुट्टा छुट्टै प्रकाशित गर्न शुरु गरेको बोर्डले जनाएको छ । नतिजा एडुखबरबाट थाह पाउन सक्नुहुने छ ।
प्रतिक्रिया