काठमाडौं ३० मंसिर / रामचन्द्र प्राथमिक विद्यालय ढिमे १ पाँचकटिामा तीन कक्षामा अध्ययनरत मनकामना चन्द गत वर्षसम्म राम्रोसँग कखरा जान्दथिन् । तर अहिले उनले आफ सहपाठी कक्षा र तल्लो कक्षाका विद्यार्थीलाई समेत सिकाउँथिन् । उनी आफू पनि निकै रमाउँदै पढाइमा सहभागी हुने गरेकी छन् ।
उनी मात्र होइन, उक्त विद्यालयका सबै विद्यार्थीको शैक्षिक अवस्थामा डेढ वर्षको अवधिको व्यापक परिवर्तन आएको छ ।
सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत विपिसा खत्री पनि विद्यालय जान पाउँदा रमाउँछिन् ् । खेल्दै, गीत गाउँदै सिकाउँदा उनले ुपढाइप्रति ध्यान दिन थालेका हुन् ।
उनी अहिले शिक्षकशिक्षिकाले पढाएको सबै लेख्न भन्न सक्ने भएकी छन् ।
विद्यार्थीको पढाइमा सकारात्मक परिवर्तन भएको देखेर अभिभावक र शिक्षक पनि दंग छन् ।
जिल्ला शिक्षा कार्यालयको समन्वय, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पाँचतारा ुयुवा संरक्षक मञ्च जाजरकोटले जिल्लाका १८ गाविसका एक सय ६३ विद्यालयमा पढौं, सिकौं, जानौं भन्ने नाराका साथ डेढ वर्षअघि सुरु गरिएको प्रारम्भिक तहको पढाइ कार्यक्रमबाट सबै परिवर्तन सम्भव भएको हो ।
कार्यक्रमबाट ती विद्यालयका एकदेखि ती कक्षासम्मका १२ हजार तीनसय ३२ जना विद्यार्थ लाभान्वित भएका छन् ।
अन्नपूर्ण पोष्टमा राजेन्द्र कार्कीले जाजरकोटबाट लेखेको खबर ।
प्रतिक्रिया