Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्री धनिरामको धन कति ?

बुधबार, २९ मंसिर २०७३

काठमाडौं - शिक्षा मन्त्री धनिराम पौडेलले आफ्ना नाममा घर, जग्गा र सवारी साधन नभएको विवरण सार्वजनिक गरेका छन् । उनले आफूसंग ५ / ५ तोला सुन / चाँदी, ९ लाख ५० हजार रुपैंया नगद र बचत तथा ऋण सहकारी संस्थाको शेयर वापत रु. ४ लाख ४० हजार, २ वटा भैंसी तथा २ वटा बाख्रा रहेको विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पदमा बहाल भएको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनको उलंघन गर्दै वर्तमान सरकारका मन्त्रीहरुले ढिलो गरी बुधबार बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

जस अनुसार मन्त्री पौडेलले आमा हिमादेवी पौडेलको नाममा चितवनको माडीमा ४ कठ्ठा जमिनमा कच्चि घर र गोठ रहेको विवरण सार्वजनिक गरेका छन् । जसको अहिलेको मूल्य रु. ४० लाख रहेको विवरणमा उल्लेख छ ।

यस्तै बाबु हरीप्रसाद पौडेलको नाममा २०३५ सालमा खरिद गरेको २ विघा जमिन रहको उल्लेख छ ।  जसको अहिलेको मूल्य रु. १८ लाख पर्ने उल्लेख छ । यस्तै आमा, श्रीमती र भाई बुहारीका गरगहना अन्र्तगत उक्त सुन र चाँदी रहेको विवरणमा उल्लेख छ ।

एभरेष्ट बैंकमा रु. १ लाख ६० हजार, मनिप्लाण्ट बचत तथा ऋण सहकारी संस्थामा रु. १ लाख ३० हजार नगद रहेको विवरणमा उल्लेख छ । उक्त रकमको श्रोत सांसद पारिश्रमिक र बचत उल्लेख गरिएको छ । श्रीमती गंगा बेल्वासेका नाममा नेपाल कमर्स एण्ड क्रेडिट बैंकमा रु. १ लाख ६० हजार नगद रहेको विवरणमा उल्लेख छ ।

यसैगरी आफू, श्रीमती र २ छोरी जागृती र आकृतीको नाममा गरी प्रति ब्यक्ति सात सयका दरले उक्त सहकारीको रु. ४ लाख ४० हजार बराबरको २८ सय कित्ता शेयर रहेको विवरणमा उल्लेख छ ।
पार्टि कामका शिलशिलामा खर्च भएको रु. १ लाख ५० हजार सहित रु. २ लाख रुपैंया ऋण रहेको विवरणमा उल्लेख छ ।

अघिल्ला शिक्षा मन्त्रीको तुलनामा अहिलेका शिक्षा मन्त्री पौडेलको सम्पत्ति धेरै रहेको छ ।  अघिल्ला शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सामुहिक आधारशिला परिवारमा बस्ने भन्दै आफूसंगको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

पढ्नुहोस् : सर्वहारा शिक्षा मन्त्री !

प्रतिक्रिया