Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

बिएन्डसीलाई सम्बन्धन प्रकरण, शिक्षा क्षेत्रका अगुवाको आपत्ति

सोमबार, २७ मंसिर २०७३

काठमाडौं २७ मंसिर /चिकित्सा शिक्षा विधेयक रोकेर नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारी तयारीको सम्बन्धित विज्ञले विरोध गरेका छन् ।
ऐन पास नुहँदै झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री पुष्पकमल दाहालकै दबाबमा नेपाल मेडिकल काउन्सिलले प्रारम्भिक अनुमति दिएपछि चिकित्सा शिक्षा क्षेत्रका अगुवाले आपत्ति जनाएका हुन् ।
बिएन्डसी प्रमुख लगानीकर्ता माओवादी नेता दुर्गा प्रसाईं हुन् ।
सरकारले दुई वर्षअघि त्रिवि पूर्वउपकूलपति केदारभक्त माथेमा संयोजकत्वमा गठन गरेको चिकित्सा शिक्षासम्बन्धी कार्यदलमा समेत रहेका वरिष्ठ शिक्षाविद् एवं अगुवाले आइतबार विज्ञप्ति जारी गरेर पहिला ऐन र सोअनुसार आयोग बनाएर मात्र अन्य प्रक्रिया अगाड बढाउन आग्रह गरेका छन् ।
उनीहरुले माथेमा प्रतिवेदनको मर्मविपरीत नुहनेगरी ऐन पास गरिदिन सांसदसँग समेत आग्रह गरेका छन् ।
संसदको महिला, बालबालिका,ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा विचारधीन विधेयकमा थुप्रै सांसदले माथेमा प्रतिवेदनको मर्म प्रतिकूल हुने गरी संसोधन हालेका छन् ।

नागरिकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया