काठमाडौं २७ मंसिर / सरोकारवालाको चर्को विरोध रहँदारहँदै शिक्षा मन्त्रालयले अर्थमा पठाएको शिक्षा नियमावली स्रोत व्यवस्थापनमा अल्झिएको छ ।
दुई साताअघि पठाइएको नियमावली अर्थ मन्त्रालयले अध्ययन गरिरहेको छ ।
अध्ययनमा क्रममा रहे पनि नियमावलीमा समावेश गरिएको आर्थिक पाटोलाई व्यवस्थापन गर्न कठिन देखिएको अर्थका बजेट महाशाखा प्रमुख मधु मरासिनीले बताए । नियमावलीको खाकामाथि सरसर्ती अध्ययन गर्दा स्रोत व्यवस्थापनको विषय जटिल देखिन्छ, मरासिनीले भने ।
उनका अनुसार यस विषयमा शिक्षा मन्त्रालयका अधिकारीसँग पनि छलफल भइरहेको छ । नियमावलीमा अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन नचाहनेलाई सेवाअवधि गणना गरेर निश्चित रकम प्रदान गर्ने उल्लेख छ ।
ती शिक्षकलाई आवश्यक पर्ने रकम कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिले अर्थ मन्त्रालय पनि अलमलमा परेको छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया