काठमाडौं २६ मंसिर / डा. गोविन्द केसीले आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकबाट सरकारले आफूसँग गरेको सहमति पारित गरेर कार्यान्वयन गर्न माग गरेका छन् । २२ दिन लामो अनशनपछि सरकारसँग १२ बुँदे सहमति गरेर हाल शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका केसीले सहमतिबमोजिम विश्वविद्यालयको पदाधिकारी नियुक्ति, अनुगमन र न्यायिक गरी तीनवटा समिति बन्नुपर्ने बताएका छन् । यसबारे स्वास्थ्यमन्त्रीलाई समेत जानकारी दिएको उनले बताए । ‘मैले शिक्षामन्त्रीलाई पनि जानकारी दिन खोजेको थिएँ तर उहाँले फोन नउठाएपछि एसएमएसबाट जानकारी गराएको छु,’ केसीले भने ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया