Edukhabar
आइतबार, २३ भदौ २०८१
जिव्रो

सार्वजनिक विद्यालय सुधार नहुनाको कारण

शनिबार, २३ फागुन २०७१

RChandra Karki

१. सरहरू भन्नुहुन्छ उहाँ हेड सर (हाल भु.पु.) हुदाँ १४ जनालाई जागिर दिनु भो हामीलाई गर्व छ उहाँ प्रति

२. उहाँ हेड सर हुदा हप्तै पिच्छै भोज हुन्थ्यो माछा मासुको

३. कक्षा ६– १० सम्म जम्मा ४ वटा कोठा छन् त्यसमा पढ्ने विद्दार्थी जम्मा १०८० जना छन्

४. अहिलेको हेड सर आफु क्लासमा कहिले पढाउदैन आफ्ना ठाउँमा खेतला टिचर राखेको छ, त्यसको विरोध गर्दा नि पार लागेन्

५. हेड सर घरको काममा बढि ध्यान् दिने हुदाँ महिनामा जम्मा १०–१५ दिन आउने गर्छन्

६.हेड सर भनेको प्रधानमन्त्री पद भन्दा सानो पद होईन स्कुलका क्षेत्रमा खास गरि तराई मधेसमा भन्ने सोच

७. केहि सरहरूलाई अपराध सम्बन्धि मुद्दा लागि रहेको अवस्था

८. हेड सर एक साइड र स्टाफ एक साईड

९.शिक्षकहरू एक घन्टी पढाए पछि कहाँ गायब हुन्छन् कहाँ जब ३ बज्छ तब टुकलुक्क देखा पर्छन्

१०. टिफिन पछि कहिले पढाइ हुदैन

११. ८–१० कक्षा सम्म पुग्दा केटीहरूको विवाह भईसक्छ

१२. विद्यालयमा कस्तो पढाई भको छ भनेर अभिवाहक कहिले सोध्दैनन्

१३. जव विब्यसको चुनाव हुन आटो तब स्थानीय नेता तम्सिन्छन् नत्र कहिले स्कुल आउदैनन्

१४. समयमा फ्लास १ः२ र अन्य फारम भरिदैन जसको असर शिक्षकले समयमा तलब पाउदैन्

१५. नयाँ शिक्षकहरूको मन खल्लो छ यस्ता हर्कतले

जस्ता अन्य थुप्रै कारण छन् सार्वजनिक विद्यालय सुधार नहुनुमा !

Teachers' Discussion on Educational Issues

प्रतिक्रिया