Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

३ सय १५ विद्यार्थी दिक्षीत

शुक्रबार, २४ मंसिर २०७३

काठमाडौं - इस्लिङटन कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी दिक्षीत भएका छन् । बिएस्सी अनर्स कप्युटिङमा १ सय ५६, नेटवर्किङमा ६७, मल्टिमिडियामा ३१, बिबिएमा ५३ र एमएससिआइटीमा ८ जना गरी ३ सय १५ विद्यार्थी दिक्षीत भएका हुन् ।

लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्राध्यापक जोन र्याफ्री, सहउपकुलपति डोमिनिक पामर–ब्राउनले विद्यार्थीलाई दिक्षान्त प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा बोल्दै उपकुलपति ¥याफ्रीले इस्लिङटन कलेज विश्वविद्यालयको अति महत्वपुर्ण साझेदार रहेको बताउँदै यहाँका विद्यार्थीको परीक्षाको नतिजा विश्वविद्यालयको तुलनामा उच्च रहेको  जानकारी गराए ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत शुलभ बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा हासिल गर्न सफल नेपालका विद्यार्थीले सोही स्तरको दक्षता हासिल गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै नाम कमाउन सफल भएको बताए । उनले विद्यार्थीलाई नेपालमै बसेर देशको सेवा गर्न आग्रह समेत गरे ।  

दुई दशकदेखि शिक्षा प्रदान गर्दै आइरहेको कलेजबाट हालसम्म ३ हजार ५ सय भन्दा बढी विद्यार्थीले अध्ययन पुरा गरेको कलेजले जनाएको छ । आफ्ना विद्यार्थी राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय संघ संस्थामा कार्यरत रहेको कलेजलेजनाएको छ ।

प्रतिक्रिया