Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यार्थी भारततर्फ

शुक्रबार, २४ मंसिर २०७३

काठमाडौं २४ मंसिर / दसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडमा भाग लिन ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१६ नेपाल’का उत्कृष्ट पाँच जना विद्यार्थी भारत जाने भएका छन् ।  
यही मङ्सिर २४ देखि पुस ४ गतेसम्म भारतमा हुन गइरहेको खगोल, खगोल भौतिक–विज्ञानसम्बन्धी दसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडमा भाग लिन जान लागेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।  सो प्रतियोगितमा नेपाललगायत ४३ देशका २३८ विद्यार्थी तथा १२३ टोली नेता सहभागी हुँदैछन् ।  
सोसाइटीका अध्यक्ष सुरेश भट्टराई र मनीषा द्वाले नेतृत्व गर्ने सो टोलीमा चेल्सी इन्टरनेसनल एकेडेमी, नयाँ बानेश्वरका विजयचन्द्र लुइँटेल, दिवस सुवेदी, ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजारका नवज केसी, सेन्ट जेभिएर्स कलेजका रविन थापा    र गण्डकी आवासीय उच्च माध्यमिक विद्यालय, पोखराका तरुण तिमिल्सिना रहने जनाइएको छ ।  
दसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडमा भाग लिन सात सदस्यीय टोली शु्क्रबार भारततर्फ प्रस्थान गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।
सोसाइटीले गत जेठ २९ गतेदेखि भदौ १५ सम्म सञ्चालन गरेको प्रतियोगितामा काठमाडौँ, विराटनगर, चितवन र पोखराका १८८ जना विद्यार्थीबाट यी पाँच जना विद्यार्थी छनोट भएका हुन् ।  
गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया