Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

मोर्डन इण्डियन स्कूल बस आगलागी प्रकरण : क्रान्तिकारीको २४ घण्टे अल्टिमेटम

विहीबार, १४ साउन २०७२

काठमाडौं १४ साउन / विप्लव निकट अखिल क्रान्तिकारीले पक्राउ परेका दुई जना सदस्यलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । साउन ६ गते विहान मोर्डन इण्डियन स्कूलको बसमा भएको आगजनीमा संलग्न भएको आरोप सहित प्रहरीले क्रान्तिकारीका ताहचल क्याम्पस ईकाई सहसचिव खड्क केसी र नरेश ठकुरीलाई पक्राउ गरेको छ ।

घटनाको बारेमा कुनै जानकारी समेत नभएका विद्यार्थीलाई पक्राउ गरेको संगठनको दावी छ । अध्यक्ष शरद रसाईलीले विज्ञप्ति निकालेर उनीहरुलाई नछाडे उक्त स्कुलका गाडि चल्न नदिने बताएका छन् ।

विद्यार्थी ओसार्न हिडेँको बेलामा मोर्डन इण्डियन स्कूलको बसमा आगजनी गरिएको थियो । मोर्डन इण्डियन स्कूलको बसमा आगजनी

सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन (सीबीएसइ) नयाँ दिल्ली भारतबाट स्वीकृत लिई सञ्चालित उक्त स्कूलले नेपालको राष्ट्रियता र स्वाधिनतामा असर पर्ने खालका पाठ्यक्रम पढाउँदै आएको तथ्य शिक्षा मन्त्रालयले गरेको अध्ययनले समेत पत्ता लगाए पनि कुनै कारवाही हुन सकेको छैन । उक्त बोर्डबाट नेपालमा यस्ता १३ वटा विद्यालय सञ्चालनमा छन् ।

यो पनि पढ्नुहोस् बिना दर्ता सञ्चालनमा भारतीय स्कुल

प्रतिक्रिया