Edukhabar
आइतबार, २३ भदौ २०८१
जिव्रो

शिक्षक सेवा आयोगले किन विज्ञापन गर्न सकेन ?

बुधबार, २७ फागुन २०७१

विज्ञापन नहुनुको कारण 
Hari Prasad PokhrelHari Prasad Pokhrel १. शिक्षकका प्रतिनिधिमूलक संघ संस्थाहरु अस्थायी शिक्षकका समस्याहरु भजाएर आफ्नो राजनीति स्वार्थ पूरा गर्न चाहन्छन् र अस्थायी शिक्षकको समस्यामा आफू गम्भिर रहेको भ्रम दिई आफू अनुकूलका अस्थायी अनि असक्षम शिक्षकहरुलाई संरक्षण गर्न चाहन्छन् ।
२. शिक्षा मन्त्री आफ्नो राजनीतिक संगठन समर्थक अस्थायी शिक्षकहरुको जागिर जोगाउन चाहन्छिन् । अनि रिक्त करार तथा राहत शिक्षक कोटामा आफ्ना आसेपासेलाई जागिर खुवाउने कार्यको निरन्तरता चाहन्छिन् ।
३. शिक्षा मन्त्रालय, विभाग तथा जिल्ला शिक्षाकार्यालहरु करार तथा राहत शिक्षक भर्नाबाट मनग्गे आर्थिक लाभ प्राप्त भइरहेको स्रोतको निरन्तरता चाहन्छन् ।

४. सरकार हालका आयोग अध्यक्षको पदावदी समाप्त भएपछि आफू अनुकूलको अध्यक्ष बनाई आफ्ना कार्यकर्ताहरुलाई स्थायी शिक्षक बनाउन सकिन्छ कि भन्ने झिँगे दाउ हेरिहेको छ ।
५. राजनीतिक दलहरुको शिक्षा सुधारमा कुनै दृष्टिकोण नै छैन, उनीहरुको प्राथमिकतामा शिक्षा कहिल्यै पर्न सकेन । आफू सरकारमा गएपछि विज्ञापन गर्नसके जस पाइन्थ्यो कि भन्ने सपना देखिरेहेको छ ।

प्रतिक्रिया