Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

शिक्षकलाई ३ महिनाको बिचमा ४१ करोड

आइतबार, १९ मंसिर २०७३

काठमाडौं - विद्यालय शिक्षक किताबखानाले गत ३ महिनाको बिचमा उपदान, अवकास वा राजिनामा दिने शिक्षकका लागि ४१ करोड रुपैंया भन्दा धेरै रकम वितरण गरेको छ । गत भदौ २६ गते देखि मंसिर १५ गते सम्म देशभरबाट उपदान, अवकास वा राजिनामा दिएका ६ सय १८ शिक्षकलाई उक्त रकम वितरण गरिएको कितावखानाले जनाएको छ ।

वितरण गरिएको ४१ करोड ५७ लाख, ८२ हजार १ सय ५७ रुपैंया ८५ पैसा उपदान, औषधी उपचार र संञ्चित विदा वापतको भएको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले जानकारी दिए ।
उक्त रकम मध्ये ५५ लाख ११ हजार ९८ रुपैंया उपदानमा, २७ लाख ४६ हजार ९ सय २० रुपैंया औषधी उपचारमा र सबै भन्दा धेरै १३ करोड ५५ लाख, ३८ हजार ९ सय ९८ रुपैंया ८५ पैसा सञ्चित विदाबापतको रकम रहेको छ ।  

यो संगै चालु आर्थिक बर्षमा ७८ करोड ६९ लाख, ३२ हजार ७ सय ९७ रुपैंया ५७ पैसा शिक्षकको उपदान, अवकास वा राजिनामाका लागि निकाशा भएको छ ।  

यसैविच आईतबार मात्रै उपदान, अवकास वा राजिनामा दिएका ४८ शिक्षकले किताबखानामा निवजेदन दिएका छन् । अन्य दिन सरदर दिनको २० –२२ जना शिक्षकको विेदन पर्नेमा आईतबार ठूलो संख्यामा शिक्षकहरुको निवेदन परेको छ । विदाको भोलीपल्ट परेकाले पनि यस्तो भएको हुन सक्ने महानिर्देशक ढुङ्गानाले अड्कल काटे ।

प्रतिक्रिया