Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यालय तहको संरचना १–८ वा १–१२ कस्तो रहनेमा फरक मत

विहीबार, १६ मंसिर २०७३


काठमाडौं १६ मंसिर / विद्यालय तहको शिक्षाको संरचना कस्तो बनाउने भन्नेमा निजी विद्यालयका सञ्चालकमा नै फरक मत देखिएको छ ।
शिक्षा नियमावलीको मस्यौदा हाल अध्ययनका क्रममा अर्थ मन्त्रालयमा विचारधीन रहेको बेला निजी विद्यालयका सञ्चालकबीचमा भने विद्यालय तहको संरचना १–८ वा १–१२ कस्तो रहने भन्नेमा फरक फरक धारणा सार्वजनिक भएको हो ।
हाल शिक्षा नियमावलीको मस्यौदामा विद्यालय तहको संरचना १–१२ रहने उल्लेख छ तर नियमावलीको पहिलो मस्यौदामा भने आधारभूत तहको शिक्षा १–८ र विद्यालय शिक्षा ९–१२ भन्ने उल्लेख गएिको थियो ।
उच्च माध्यमिक विद्यालय संघ नेपाल(हिसान) का अध्यक्ष रमेश सिलवाललले कक्षा १–१२ सम्म एउटै तहमा विद्यालय शिक्षालाई समावेश गरिएकोमा आफूहरुले आपत्ती जनाएको बताए । शिक्षा नियमावलीको मस्यौदा हालको संवैधानिक प्रावधान विपरीत रहेको उनको भनाइ छ ।
एनप्याब्सनका अध्यक्ष कर्ण बहादुर शाहीले विद्यालय तहको शिक्षा १–१२ कै संरचनाअनुसार अगाडि बढ्नुपर्ने बताए ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया