काठमाडौं १५ मंसिर / सरकारी विद्यालयमा भन्दा निजी विद्यालयका बालबालिकामा पोषणको अवस्था राम्रो देखिएको छ ।
प्युठान नगरपालिकाभित्रका विद्यालयमा गरिएको स्वास्थ्यसम्बन्धी एक सर्वेक्षणले यस्तो अवस्था देखाएको हो । कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीको पोषणको अवस्थाको अध्ययनले तुलनात्मक रुपमा राम्रो नतिजा देखाएको अध्ययनकर्ता बसन्तप्रसाद बोहराले बताए ।
सो अध्ययनअनुसार सरकारी विद्यालयमा उमेरअनुसार तौल कम हुने बालबालिकको संख्या २४ प्रतिशत रहेको छ भने निजी विद्यालयमा १७ प्रतिशत रहेको छ । उमेरअनुसार उचाइ कम हुने बालबालिकामा सरकारीतर्फ ३७ दशमलब८ प्रतिशत र निजीतर्फ २१ प्रतिशत रहेका छन ्।
दुब्लोपा र मोटोपनमा समेत यस्तै नतिजा देखिको छ ।
बालबालिकामा कुपोषण हुनुमा परिवारको कमजोर आर्थिक अवस्था र अभिभावकको शैक्षिक अवसथाले प्रत्यक्ष प्रभाव पारेको देखिएको छ ।
राजधानीमा विजयसिंह भारतीले लेखेको खबर ।
प्रतिक्रिया