शैक्षिक सत्रको अन्तिमतिर लिइने वार्षिक परीक्षा जिल्ला पिच्छे फरक फरक समयमा लिइएको पाइन्छ, कतै फागुनमा लिइसकियो परीक्षा सकिइसक्यो ! कतै एस एल सी सङ्गै शुरु भएको छ, कतै चैत्रको १० कतै १२ कतै १५ बाट शुरु हुनेवाला छ, यो के गाइजात्रा हो ? कस्तो बेथिति र अराजकता हो ? जसलाइ जहाँ जे मन लाग्यो जहिले मन लाग्यो त्यो गर्न मिल्ने हो ? शिक्षा मन्त्रालय बिभाग जिशिका हरुले के हेरेर बसेका छन् ? थाहा पाएका छन्कि छैनन् कुन्नि ! शिक्षकका पेशागत सँस्थाको त शायद यो चासोको बिषय नहोला, बिद्यालय शिक्षाको यो गोलमाल र भद्रगोल कसले कसरी मिलाउने हो ? कुरो उदेक लाग्दो छैन त !!!
प्रतिक्रिया