Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

एउटै टहरामा तीनवटा कक्षा

बुधबार, ०८ मंसिर २०७३

काठमाडौं ८ मंसिर / एउटा बाँसले बनाएको टहरो, तीनवटा लहरमा राखिएका डेस्कबेञ्च र एउटा टहराभिध तीनजना शिक्षिका । हेर्दा जोसुकैले पनि विद्यार्थीबीच कुने अतिरिक्त क्रियाकलाप गराइरहेजस्तो लाग्छ तर त्यसो होइन । यहाँ एउटै टहराभित्र तीनवटा कक्षाको पठनपाठन भइरहेको छ । उत्तरी धादिङको सेमजोङ गाविसस्थित वुद्ध प्राविको भवन २०७२ को विनासकारी भूकम्पले भत्काएपछि उत्पन्न भएको अवस्था हो यो ।
भूकम्पपपछि विद्यालयको भवन पूरै भत्किएर पठनपाठन ठप्प भएका बेला विव्यस र अभिभावकले बनाएको टहरोमा अहिलेसम्म पढाइ भइरहेको छ । आर्थिक अभावका कारण धेरैवटा अस्थायी टहरा बनाउन नसकेपछि बाध्य भएर एउटै टहरोमा तीनवटा कक्षाका विद्यार्थी राखेर पढाउनुपरेको शिक्षिका रोजिना तामाङले बताइन् ।
भूकम्पअघि ८०जना विद्यार्थि अध्ययन गर्ने यो विद्यालयमा अहिले ४० जनामात्र छन् । बाँसले कारेर बनाइएको एउटा टहरामा कक्षा तीन, चार र पाँचको पढाइ हुन्छ ।
तीनवटै कक्षामा एकैपटक अध्ययन गर्दा एकबाट अर्कोमा हल्ला हुने, पढाएको कुरा विद्यार्थीले नबुझ्ने, कक्षाकार्य गरान अप्ठ्यारो हुनेजस्ता समस्या रहेको शिक्षकको भनाइ छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया