काठमाडौं ७ मंसिर / नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको वर्ण विन्याससम्बन्धी गरेको पछिल्लो निर्णयलाई कसरी विद्यालय तथा विद्यार्थीसमझ पुर्याउने भन्नेबारे शिक्षा मन्त्रालयका अधिकारीहरु नै अन्योलमा देखिएका छन् ।
प्रतिष्ठानले वणए विन्यासमा व्यञ्जनको खुट्टा काटी गरिएका सबै प्रयोगलाई सच्याउँदै संयुक्त व्यञ्जन नै लेख्ने निर्णय गरको भए पनि त्यसालई विद्यालयका विद्यार्थीसमझ कसरी पुर्यायने भन्नेबारे सरकारी अधिकारीले ठोस अवधारणा बनाउन सकेका छैनन् ।
भाषाको वर्णविन्याससम्बन्धी लामो विवादलाई प्रतिष्ठानले बिहीबार नै किनारा लगाई पुरानै प्रणाली अनुार जाने निर्णय गरेको थियो । यसका साथै त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकले पनि यस विषयमा नीतिगत निर्णय गरेका थिए ।
शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले यसबारे कुनै अवधारणा बनाएको छैन ।
मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ वर्णविन्यासको पछिल्लो निर्णयलाई विद्यालयमा कसरी पुर्याउने भन्नेबारे ठोस अवधारणा नै बनाउन बाँकी रहको बताउँछन् ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया