Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शिक्षा आयोग गठनको विषय गफमा सीमित

सोमबार, ०६ मंसिर २०७३

काठमाडौं ६ मंसिर / नयाँ शिक्षामन्त्री नियुक्त हुनासाथ चर्चामा आउने गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठनको विषय गफमा सीमित भएको छ ।
हरेक ठूला राजनीतिक परिवर्तनसँगै शिक्षा नीति परिवर्तनका लागि आयोग गठन गर्ने चर्चा हुने गरेको छ । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेकी चित्रलेखा यादवको समयदेखि चर्चामा रहेको यो विषय अहिले पनि भाषण र मन्त्रालयको कोठेगफमा सीमित छ ।
चित्रलेखापछि शिक्षामन्त्री बनेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले आयोग गठनका लागि विज्ञ भेला गराएर छलफल चलाएका थिए । तर त्यसको लामो समयसम्म पनि आयोग गठन हुन सकेको छैन ।
हालका शिक्षामन्त्री धनीराम पौडेलले पनि आयोग गठन आफ्नो कार्यकालको प्राथमिकताको विषय रहेको बताउँदै आएका छन् तर शिक्षामन्त्री बनेको तीन महिना पुग्दा पनि कुनै निर्णय हुन सकेको छैन ।
मन्त्री पौडेल भने आफ्नै संयोजकत्वमा १५ जनासम्म सदस्य रहने गरी आयोग गठन तयारी भइरहेको बताउँछन् ।
अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेको खबर ।

 

प्रतिक्रिया