Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

पुस्तकालय जसले वर्ष दिनमा पायो दुई पाठक

सोमबार, ०६ मंसिर २०७३

काठमाडौं ६ मंसिर / गुठी संस्थान अन्तर्गत भद्रकालीमा रहेको केन्द्रीय पुस्तकालयमा एकवर्षमा जम्मा दुइजना पाठक पसेका छन् । हजारौँ पुराना नयाँ प्रकाशनका पुस्तक राखिएको यो पुस्तकालयलाई विगत केहीवर्षदेखि निकै व्यवस्थित गरिँदै आएको थियो ।

पुस्तकालय सहित लगत कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार पुस्तकालय सञ्चालनमा रहेको बारे प्रचारप्रसार गरिए पनि पाठक भित्रिएका छैनन् । वि.सं २०३६ सालको बिद्यार्थी आन्दोलनले यहाँ केही हस्तलिखित ग्रन्थ र प्राचीन पुस्तकसहित तत्कालीन नयाँ प्रकाशन समेत थप गरेर सर्वसाधारणका लागि पुस्तकालय सञ्चालन गरेको थियो ।

हालसालै भएका प्रकाशन समेत समावेश गर्दै गएको यो पुस्तकालयमा पाठकको अति न्यून उपस्थितिपछि कर्मचारीलाई भएका पुस्तक कुरेर मात्र बस्नुपरिरहेको छ । पाठक नआए पनि पुस्तकालयमा आवश्यक कर्मचारी भने चुस्त दुरुस्त रुपमा नै खटाइँदै आएको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया