Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

परीक्षालाई होइन कक्षा कोठाको पढाइको अनुगमन गरौं

आइतबार, ०८ चैत्र २०७१
Tilak Kunwar

अहिले शिक्षा मन्त्रालयमा असार लागेको छ। मन्त्रीदेखि गाडि चालकसम्म सबैलाई भ्याइनभ्याई भएको छ। कोहि मेची पुगेका छन् त कोहि महाकाली, तराई, हिमाल, गाँउ–शहर जताततै शिक्षाका कर्मचारीको उपस्थिति देखिन्छ। शिक्षा मन्त्रालयको अहिलेको सक्रियतालाई हेर्दा त जो कोहिलाई भान हुन सक्छ कि नेपालमा विद्यालय अनुगमनमा कुनै कमि छैन, विद्यालयको सुधारमा सरकार सारै चिन्तित् छ, विद्यालयको विकासका लागि जति पनि लगानि गर्न सरकार पछि हट्नेवाला छैन ....इत्यादी । तर यथार्तता भने यस्तो छैन ।

बर्षभरि एकचोटि पनि कक्षा कोठोमा नछिर्ने शिक्षाका कर्मचारी अहिले एस.एल.सी. परिक्षाको अनुमनमा देशदौडाहामा छन् । परीक्षा केन्द्रमा जिल्ला देखि मन्त्रालयतहका अनुगमन कर्ताको मेला लागेको छ । उनिहरुलाई काम पनि दाम पनि भएको छ। साहेद परीक्षा नियन्त्रण कार्यलयले ठूलै रकमको अनुगमन विल भुक्तानी गर्नु पर्ने होला ? मलाई लाग्दछ – अहिले को अनुगमन विध्यार्थी र विद्यालयको लागि फलदायी छैन।

शिक्षकले तोकिए अनुसार पढाएनपढाएको र विद्यार्थी सिकाइमा सक्रिय सहभागिता भएन भएको बारे कक्षा कोठामा अनुगमान निरिक्षण गर्ने हो भने परीक्षा आफै मर्यादित र व्यवस्थित हुन्छ। अत : आगामी दिनमा परीक्षालाई होइन कि कक्षा कोठाको पढाइको अनुगमनमा ध्यान पुर्याउँ । यसैले शिक्षामा शुधार ल्याउन मद्दत पुग्ला ।

प्रतिक्रिया