Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विश्वस्तरको विश्वविद्यालय नेपालमै

आइतबार, ०५ मंसिर २०७३

काठमाडौं ५ मंसिर / प्रस्तावित राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालनका लागि झन्डै एक वर्षको समय लाग्ने भएको छ ।
प्रतिष्ठान स्थापना सरकारी प्राथमिकताको विषय र कार्यक्रम भए पनि यसको कानूनीलगायत सबै प्रक्रिागत कार्यका लागि एक वर्ष लाग्ने भएको हो ।
शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले विश्वविद्यालय सरहको उक्त प्रतिष्ठान स्थापनाका लागि विभिन्न पक्षसँग राय सुझाव लिइएको उल्लेख गर्दै सरकार अब अगाडि बढ्ने तयारीमा रहेको जानकारी दिए ।
प्रतिष्ठान स्थापनाका लागि अलग्गै कानून आवश्यक भएकोले आफूहरुको ध्यान त्यसतर्फ गएको सचिव श्रेष्ठले उल्लेख गरे ।
शिक्षासचिव श्रेष्ठले यी सबै प्रक्रिया पूरा वर्ष दिनभित्रै गरी विश्वस्तरको विश्वविद्यालय नेपालमै खोल्ने नेपालको समपना पूरा हुने बताए । यसका एसियाली विकास बैंकसँग उक्त प्रतिष्ठान सञ्चालनका लागि आवश्यक समझदारी भइसकेकाले आर्थिक समस्या नहुने बताइन्छ ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया