अचेल आफ्ना छोराछोरी निजी बिद्यालयमा पठाउने अभिभावकहरुले महशुस गरिसकेको हुनुपर्छ की उनीहरुका केटाकेटी जहिले पनि होम वोर्क वा कुनै न कुनै परिक्षा संग सम्बन्धित काम मै ब्यस्त हुन्छन/ उनीहरुको यौवनावस्था यसैगरी पढ्दा पढ्दै बितिरहेको हुन्छ र त्यो उमेरमा हुनुपर्ने बिकासका अन्य क्रियाकलाप लंगडो बन्न पुगेको हुन्छ/ तनाव, बिसंचोका लक्षण, खानामा कम रुची वा अमनको सङ्केत, झर्किने वा रिसाउने बानीमा बढोत्तरी, परिवारका सदस्यसँग बढ्दो सामाजिक दूरी आदि सहजै देखिने व्यवहारहरु परीक्षाका कारणनै उत्पन्न हुन्छन/ जुन बेला पनि तयारी भन्दै परीक्षा लिने प्रचलन आजकल निजी बिद्यालयको फेशन नै बनेको छ/ उमेर र कक्षा अनुसार कति होम्वोर्क दिनु पर्ने हो भन्ने हेक्का राख्न नसक्दा केटाकेटीहरु बिहान उठेदेखि बेलुका अबेर सम्म सताइएका छन्/ यसले उनीहरुको भावी जीवनमा नकारात्मक असर पार्दछ/ न खेल्ने समय, न मनोरंजन को लागि समय, न अरु ज्ञानका लागि समय, न हांसखेल, न रमाइलो वातावरण/ यस्तो हालतमा यौवनावस्थामा गरिनुपर्ने र हुनुपर्ने सम्बेगात्मक, सामाजिक, शारीरिक र मानसिक बिकास अजकल्टो हुने हुनाले यसको दीर्घकालीन असर रहिरहन्छ/ त्यसैले यस तर्फ सबैको ध्यान जानु अति आवस्यक छ/ नेपालमा त निजी बिद्यालयमा मात्र यो समस्या विद्यमान छ भने बिकसित मुलुकहरुमा सबै प्रकारका बिद्यालयमा यस्तो देख्न सकिन्छ/ परीक्षाको अङ्कनै व्यक्ति, संस्था र राष्ट्रको गौरव ठान्ने नकारात्मक सोच नै यस्तो परिस्थितिको उपज हो भन्ने कुरामा शङ्का गर्ने ठाउँ छैन/
प्रतिक्रिया