काठमाडौ ४ मंसिर / त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरूले आइतबारदेखि पठनपाठनमा सहभागी नहुने जनाएका छन् ।
नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले चिकित्सा शिक्षा र सेवाको सुधारका लागि नौ बुँदे मागसहित गत आइतबारदेखि आमरण अनशन गरिरहेका डा. गोविन्द केसीको समर्थनमा पठनपाठनमा सहभागी नहुने निर्णय गरेको हो । रेजिडेन्टहरूले डा.केसीको समर्थन र सरकारको विरोधमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन् । दसौंपटकको अनशनमा रहेका डा. केसीले यसपालि त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामालाई मुख्य मागका रूपमा उठाएका छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया