Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

एसएसडीपीको जिल्ला संयोजक सहायक जिशिअ

विहीबार, ०२ मंसिर २०७३

भक्तपुर - विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडीपी कार्यान्वयनका लागि आवश्यक जिल्ला स्तरीय प्राविधिक समिति  गठनको प्रकृया शुरु भएको छ । शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र गर्दै समिति गठन गर्न निर्देशन दिएसंगै समिति गठनको प्रकृया शुरु भएका हो  ।

जेष्ठताका आधारमा उप वा सहायक जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा जिल्ला स्तरीय प्राविधिक समिति गठन गर्नु पर्ने हुन्छ । उप वा सहायक जिशिअ नभएको जिल्लामा जेष्ठताका आधारमा अधिकृत कर्मचारी संयोजक रहन सक्ने विभागले जनाएको छ । ५ सदस्यीय उक्त समितिमा ईञ्जिनीयर वा सव ईञ्जिनीयर, लेखा अधिकृत वा लेखापाल, कर्मचारी प्रशासन वा प्रोक्रुप्मेण्ट प्रमुख र योजना हेर्ने अधिकृत सहितको समिति गठन गर्न विभागले निर्देशन दिएको छ ।

समितिले कार्यक्रमबाट प्राप्त हुने अनुदान पाउने विद्यालय तथा विद्यार्थीको छनौटमा सहयोग गर्ने, जिशिकाबाट उपलब्ध गराउने अनुदान लगायतका रकम निकासा तथा सदुपयोगमा सहयोग गर्ने, विभिन्न अवधिका प्रतिवेदन तयार लगायतका कार्यक्रमसँग सम्बन्धित कार्य गर्नु पर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया