Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

इञ्जिनियरिङ प्रतिष्ठान स्थापनाको तयारी

विहीबार, ०२ मंसिर २०७३

काठमाडौं २ मंसिर / शिक्षामन्त्री धनीराम पौडेलले राष्ट्रिय इञ्जिनियरिङ तथा प्रविधि प्रष्ठिानको स्थापना र सञ्चालन सरकारको प्राथमिकताको विषय भएको बताएका छन् ।
प्रतिष्ठानको स्थापनाका विषयमा अवधारणा बनाउन शिक्षा मन्त्रालय र एसियाली विकास बैंकद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । विश्वस्तरीय विश्वविद्यालयका रुपमा उक्त प्रतिष्ठानलाई अघि बढाइनुपर्छ भन्ने सरकारको मान्यता रहेकोसमेत उनले बताए ।
उच्च गुणस्तरका साथै नेपालको वस्तु र सेवालाई विश्व बजारमा लैजान उक्त प्रतिष्ठानले सहयोग गर्ने विश्वास व्यक्त गर्दै मन्त्री पौडेलले प्रतिष्ठान अन्य विश्वविद्यालयको परिपुरकभन्दा पनि फरक ढंगले अघि बढ्न लागेको उल्लेख गरे ।
प्रविधि तथा इञ्जिनियरिङमा लागानी गरेका कारण सिंगापुर, मलेसिया र भारतले आमूल परिवर्तन गरेको सन्दर्भ उल्लेख गर्दै शिक्षामन्त्री पौडेलले नेपालले त्यसलाई अनुशरण गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया