Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

प्रश्न बनाउने कथित विज्ञलाई सहानुभूति दिउँ या साधुबाद ?

मंगलबार, १० चैत्र २०७१

सामाजिकको प्रश्नपत्र बारे 
Hari Prasad Pokhrel

Hari Prasad Pokhrelम एउटा सामाजिक शिक्षक हूँ । करिव २ दशक देखि विद्यालयीय शिक्षामा माध्यमिक तहमा अध्यापन गराउँदै आएको छु । तर यसपालिको एसएसलसी परीक्षाको मध्यमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको प्रश्नपत्र हेर्दा मौलिक भन्न पाइने तर सिकारुको स्तर सुहाउँदो भन्न नमिल्ने खालको पाएँ ।

प्रश्न नं १ संघीयता मौलिक र देश सुहाउँदो हुनुपर्छ भनिन्छ, किन ? एक वाक्यमा उत्तर दिनुहोस भनेर सोधिएको छ । संघीयता कै बारेमा सिकारुले प्रश्न उठाउन पाउने कि नपाउने ? अनि फेरी यो प्रश्नको एक वाक्यमा उत्तर परीक्षार्थीले कसरी दिने ? अनि प्रश्न नं ३ मा स्थानीय निर्वाचन हुन नसक्नुको अवस्थामा निर्वाचन गराउन सम्बन्धित निकायलाई दुई सुझाव दिन भनिएको छ । त्यो सम्बन्धित निकाय भनेको को या के हो ? प्रश्न नं ८ मा सुधारिएको पञ्चायती व्यवस्था किन अप्रजातन्त्रिक थियो भनेर सोधिएको छ । यदि अहिले चारदलीय सिण्डीकेट भन्दा त त्यही व्यवस्था प्रजातान्त्रिक थियो भनेर परीक्षार्थीले उत्तर लेख्यो भने के भन्ने ?

त्यसैगरी प्रश्न न ं १९ मा सोधिएको २०३६ सालको विद्यार्थी आन्दोलन बारेको प्रश्न पनि कक्षा १० लागि उपयुक्त देखिदैन । प्रश्न नं २२ को प्रश्न पनि सान्दर्भिक छैन । यसरी मौलिक प्रश्न बनाउने नाममा परीक्षार्थीको अपेक्षा र क्षमतासंग पटक्कै मेल नखाने प्रश्न बनाउने कथित विज्ञलाई सहानुभूति दिउँ या साधुबाद ?

 

प्रतिक्रिया